भारतको लज्जास्पद हार : न्युजिल्यान्डसँग १० विकेटले पराजित

भारतको लज्जास्पद हार : न्युजिल्यान्डसँग १० विकेटले पराजित

तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्ड विरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा पाहुना टोली भारत १० विकेटले पराजित भएको छ ।

 

सोमबार चौथो दिनको खेलमा भारत आफ्नो दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्यान्डले मात्र ९ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य मात्र १० बलमा पूरा गर्दै न्युजिल्यान्डले सहज जित दर्ता गर्यो । यससँगै २ खेलको टेस्ट सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट शनिबारदेखि क्राइस्टचर्चमा सुरु हुनेछ ।

सोमबार पहिलो विकेटका रुपमा अजिन्क्या रहाने २९ रन जोड्दै बोल्टको बलिङमा कट बिहाइन्ड भएपछि भारतको विकेट पतन सुरु भएको थियो । त्यसपछि हनुमा विहारी १५ रनमा बोल्ड भए । आश्विन ४ रनमा साउथीको एलबीडब्लु शिकार बन्द इशान्त शर्मा ग्रान्डहोमको बलमा आउट हुन पुगे । ऋषभ पन्तले २५ रन जोड्दै क्याचआउट भए भने जस्प्रित बुमारहले खाता खोल्न सकेनन् ।

पहिलो इनिङमा १ सय ६५ मा अलआउट भएको भारतको यस खेल अवधिभर ब्याटिङ चलन सकेन । जवाफमा न्युजिल्यान्डले भने कप्तान विलियमसनको ८९ रनको मदतले ३ सय ४८ रनको योगफल खडा गर्यो । उक्त स्कोर नै जितको आधार बनेको थियो । खेलमा कुल ९ विकेट लिएका टिम साउथी म्यान अफ द म्याच भए ।

सम्बन्धित खवर