भिल्लारियललाई ३–१ ले हराउँदै एट्लेटिको तेस्रो स्थानमा

भिल्लारियललाई ३–१ ले हराउँदै एट्लेटिको तेस्रो स्थानमा

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । एट्लेटिकोले आफ्नो मैदानमा भिल्लारियललाई ३–१ ले हराउँदै ४३ अंक बनाएको छ । यो जितको कारण एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ ।

खेलमा भिल्लारियलले सुरुमै अग्रता लिएको थियो । पाको अल्कासरले १६औं मिनेटमा गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए ।

४०औं मिनेटमा एंगल कोरियाले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । ६४औं मिनेटमा कोरियाको पासमा कोकेले गोल गरेपछि एट्लेटिकोले अग्रता लियो ।

७४औं मिनेटमा कोके दिएको पासलाई जाओ फिलिक्सले गोलमा परिणत गर्दै एट्लेटिकोलाई ३–१ को जित दिलाए ।

सम्बन्धित खवर