बाल नमुनाले मनायो २४ औँ वार्षिक उत्सव, फुड फेस्टिवल देखि विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न

बाल नमुनाले मनायो २४ औँ वार्षिक उत्सव, फुड फेस्टिवल देखि विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न

पथरी, मोरङ पथरी शनिश्चरे वडा नं. १० मा रहेको बाल नमुना विद्या मन्दिरले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश मनाएको छ । आइतबार विद्यालय प्राङ्गणमा भव्य समारोहका बिच बाल नमुनाले वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा विद्यालयका उत्कृष्ट पूर्व विद्यार्थीहरु, उत्कृष्ट शिक्षक, प्रत्येक कक्षाका उत्कृष्ट विद्यार्थीहरु, राष्ट्रिय नाचघर काठमाण्डौँका प्रशिक्षक जीवन बराल, कलाकार लक्षणा राई, उत्कृष्ट अभिभावकलाई लगाएतलाई सम्मान गरियो । कार्यक्रममा विद्यार्थीहरुले फुड फेस्टिवल, हस्तकला, पेपर आर्टस देखि सेरामिक सम्मका कलाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिप कुमार राईले ग्रामिण क्षेत्रमा व्यवस्थित विद्यालय रहेको भन्दै खुलेर प्रशंसा गर्नुभयो । संस्कार सहितको शिक्षामा जोड दिइएको विद्यालयको अझै सफलताको कामना गर्दै राईले आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने सुझाउनुभयो ।

यस्तै एनप्याब्सन प्रदेश १ का अध्यक्ष जय कुमार श्रेष्ठले सानो विद्यालय तर व्यवस्थित रहेको भन्दै प्रशंसा गर्नुभयो । गाउँमा रहेका धेरै विद्यालयमा बाल नमुना उत्कृष्ट विद्यालयको रुपमा रहेको श्रेष्ठले उल्लेख गर्नुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै शनिश्चरे भुटानी सरणार्थी शिविरका प्रमुख चम्पासिंह राईले ग्रामिण क्षेत्रमा बाल नमुनाले उत्कृष्ट शिक्षा दिइरहेको भन्दै प्रशंसा गर्नुभयो । शिविरबाट समेत विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएकाले अधिकांश विद्यार्थीहरु आइरहेको बताउनुभयो । शिविरका १८ जना विद्यार्थीहरु समेत निःशूल्क अध्यापन गराइरहेको भन्दै राईले शिविरका लागि विद्यालयले ठुलो गुण लगाएको बताउनुभयो ।

२०५२ सालमा स्थापना भएको विद्यालय सामान्य तवरले चलिरहेको अवस्थामा २०७४ सालमा नयाँ व्यवस्थापनमा आएसंगै तिब्र रुपमा विकासको क्रममा अगाडी वढिरहेको निर्देशक बीर बहादुर घिमिरेले बताउनुभयो । नयाँ व्यवस्थापनमा आउँदा १३९ जना मात्रै विद्यार्थी रहेकोमा हाल जम्मा ३३५ जना विद्यार्थी रहेको घिमिरेले बताउनुभयो । हाल १ विगाह ५ कठ्ठा क्षेत्रफलमा रहेको विद्यालयमा २ वटा स्कुल बस रहेका छन् । आगामी दिनमा बालउद्यान सहित स्वीमिङ पुल, प्रविधि मैत्री कक्षाहरु अगाडी बढाउने योजना रहेको घिमिरेले बताउनुभयो । हाल कक्षा ८ सम्म मात्रै अनुमति रहेको विद्यालयमा आगामी शैक्षिक सत्रमा कक्षा ९ अनुमति लिने र विस्तारै कक्षा १२ सम्म पु¥याउने घिमिरेले बताउनुभयो ।

भुटानी सरणार्थी शिविरका १८ जना विद्यार्थीहरुलाई हाल बाल नमुनाले निःशूल्क अध्यापन गराउदै आएको प्रिन्सीपल सरोज तिम्सिनाले बताउनुभयो । कमाउनका लागि हैन समाज सेवाका लागि काम गरिरहेको हुँदा सिविरमा भएका आर्थिक अवस्था नाजुक भएका विद्यार्थीहरुलाई आफुहरुले निःशूल्क अध्यापन गराएको तिम्सिनाले बताउनुभयो ।

सम्बन्धित खवर