सगरमाथा टिन्स क्लब महेन्द्र माविले गर्याे रचनात्मक कार्यक्रम

सगरमाथा टिन्स क्लब महेन्द्र माविले गर्याे रचनात्मक कार्यक्रम

प्रबेश बिष्ट, रतुवामाई ।

सगरमाथा टिन्स क्लब महेन्द्र माध्यमिक विद्यालय रतुवामाई– १० देविस्थानले रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ । महेन्द्र टिन्स क्लबले आज अभिमुखिकरण तथा ब्याच वितरण कार्यक्रम सँगसँगै महेन्द्र माध्यमिक विद्यालयको मुख्य प्रबेशद्वार सोमबारेमा जेब्रा क्रसिङ समेत निमार्ण गरेको हो ।

 

बढ्दै गएको सवारी दुर्घटनाको न्यूनिकरणका लागि यस टिन्स क्लबले सोमबारे बजारमा जेब्रा क्रस निर्माण गरेको हो । उक्त स्थानमा जेब्रा क्रस निर्माण गर्दा विद्यार्थी साथसाथै अन्य स्थानीहरुलाई समेत बाटो क्रस गर्न सहज हुनेछ ।

सगरमाथा टिन्स क्लब महेन्द्र माविका अध्यक्ष सुजन बिष्टको अधयक्षतामा सम्पन्न कार्यक्रमममा सगरमाथा टिन्स क्लब मोरङ जिल्ला इन्र्चाज भाष्कर खनालले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो । यस रचनात्मक कार्यक्रममा रतुवामाई वडा नम्बर १० का वडाध्यक्ष टंक ढकाल, महेन्द्र माविका प्रधानाध्यापक चिरञ्जिवी निरौला, सगरमाथा टिन्स क्लब विद्यालय ईन्चार्ज भवानी ढकाल, टिन्स क्लबका सल्लाहाकार समितिका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु , शिक्षकहरु र कक्षा ९–१२ का विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।  उक्त कार्यक्रम स्वेता घिमिरेले संचालन गरेकी थिइन् ।

 

सगरमाथा टिन्स क्लबले निर्माण गरेको टिटि बोर्डमा टिटि बल खेलेर प्रमुख अतिथि भाष्कर खनालले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । खनालले सोमबारे बजारमा पुगेर टिन्स क्लबले निर्माण गरेको जेब्रा क्रसिङको उद्घाटनसमेत गर्नु भएको हो ।

कार्यक्रमका बारेमा प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष तथा सगरमाथाम टिन्स कलब महेन्द्र माविका अध्यक्ष सुजन बिष्टले अबको १ महिनाभित्र मौलिक संस्कृतिको संरक्षणका निम्ति सगरमाथा टिन्स क्लबद्वारा शैक्षिक एवं सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता दायर गर्नुभयो । अध्यक्ष बिष्टले आफूले नेतृत्व गरेको क्लबलाई मोरङ जिल्लाकै उत्कृष्ट टिन्स क्लब बनाउनका लागि आफू कहिल्यै पनि पछि नहट्ने बताउनुभयो ।

सगरमाथा टिन्स क्लब मोरङ ईन्चार्ज भाष्कर खनालले मौलिक परम्परालाई जगेर्ना गर्दै यसलाई निरन्तरता कायम राख्न विद्यार्थीहरुलाई क्लबमा आवद्ध गराई दक्ष जनशक्ति उत्पादन गर्न जोड दिने बताउनु भयो । विद्यार्थीले नै समाजलाई एकिकृत र समाजको सहि चरित्र निर्माण गर्न सक्छ , खनालले भन्नुभयो, “ हरेक विद्यार्थी अध्ययन सँगसँगै समाजिक कार्यमा पनि संलग्न हुनु पर्छ ।” समाजका विकृतिसँग लड्न सक्ने क्षमतावान व्यक्ति उत्पादन गर्नु नै टिन्सको मुख्य उद्धेश्य हो उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ १ जना विद्यार्थीले महिनामा १ पटक आफ्नो नेतृत्वमा समुदायमा भएको सार्वजनिक स्थलको सरसफाई गर्नुपर्छ । ”

मोरङको सगरमाथा टिन्स क्लबहरु मध्ये सबै भन्दा उतकृष्ट विद्यालय बन्नका लागि अग्रिम शुभकामना व्यक्त गर्दै उहाँले अन्य कार्यक्रमका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सम्बन्धित खवर