प्रदेश २ काे सरकार परिवर्तन हुँन सक्छ : प्रचण्ड

प्रदेश २ काे सरकार परिवर्तन हुँन सक्छ : प्रचण्ड

जनकपुर : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकार परिवर्तन हुनसक्ने बताएका छन् ।

मिथिला विहारी नगरपालिका ८ कचुरीबाट आज सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको उद्घाटन पश्चात संचारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले प्रदेश २ मा सरकार परिवर्तन विषयमा दलहरुसंग छलफल चलिरहेको जानकारी दिए ।

प्रचण्डले समाजवादी र राजपासंगै सरकार परिवर्तन विषयमा छलफल भइरहेको समेत बताए । प्रदेश २ मा अहिले समाजवादी पार्टी र राजपा नेपालकाे सरकार रहेकाे छ । राष्ट्रिय सभा निर्वाचनमा नेकपासंग राजपाले गठवन्धन गरेकाे थियाे ।

राजपाका नेताहरुले नै सरकार परिवर्तन नहुने स्पष्ट पारिसकेका बेला नेकपा अध्यक्ष प्रचण्डले सरकार फेरिने बारेमा छलफल चलिरहेको बताएका छन् ।

उनले अस्ती भक्तपुरमा संसारकै कम्यूनिस्ट संघर्षमा रहदा राम्रो र सत्तामा पुग्दा नराम्रो रोग लाग्ने गरेको बोलेको तर त्यसलाई गलत ब्याख्या गरिएको बताए । उनले भने ‘नेपालकै कम्यूनिष्टमा नराम्रो रोग लागेको भनेको छैन ।’

साथै प्रचण्डले एमसीसी राष्ट्रको हित विपरित आँखा चिम्लेर सम्झौता अनुमोदन गर्न नसकिने बताए । उनले गम्भिर ढंगले अध्ययन पश्चात परिमार्जन नगरी सम्झोता नगरिने कुरामा जाेड दिए ।

सम्बन्धित खवर