रतुवामाईमा नगरबस

रतुवामाईमा नगरबस

मोरङको रतुवामाई नगरपालिकाको निर्माणाधिन चक्रपथमा आगामी वर्षबाट नगरबस सञ्चालन हुने भएको छ ।
नगरपालिकाले नगरबस सञ्चालन गर्ने योजना अघि सारेको छ । मोरङमा नगर बस सञ्चालन गर्ने पहिलो स्थानीय तह रतुवामाइ बन्ने भएको छ ।
मेयर रविन राईका अनुसार ७५ किलोमिटर लम्बाईको चक्रपथ उत्तर दक्षिण २५(२५ किलोमिटर र पूर्वपश्चिम ७(७ किलोमिटर रहने छ ।
चक्रपथ निर्माणको संघीय सरकारको आयोजनालाई अहिले प्रदेश सरकारले सञ्चालन गरिरहेको छ ।
मेयर राईले सर्वसुलभ र सहज नगरबस सञ्चालनको लागि चालु नगरसभाले अघि बढाउने बताए ।

सम्बन्धित खवर