टप्पुमा सोचेजति पर्यटक पुगेनन

टप्पुमा सोचेजति पर्यटक पुगेनन

अर्ना र चराको लागि चर्चित कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक लक्ष्य अनुसार पुग्न सकेका छैनन् ।
सुनसरी, उदयपुर, सप्तरीमा पर्ने सबैतिरबाट अवलोकन गर्न सकिने आरक्षमा पर्यटन विकासको लागि सरकारी र निजी क्षेत्रबाट कुनै पहल हुन भएन् ।
स्थानीय निकायको निर्वाचन पछि कोशी गाउँपालिकाले आरक्षबाटै पहिचान र विकास गर्ने सोच बनायो ।
यसका लागि कोशी गाउँपालिका कम्मर कसेर लागेको छ । कोशी गाउँपालिकाको सम्पत्ति नै कोशी टप्पु रहेको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताउँछन् ।
कोशी गाउँपालिकालाई जंगली जनावारले दुख दिइरहेको छ । उनले टप्पुलाई मुख्य आम्दामीको श्रोत बनाउन चाहेको उनले बताए ।
कोशी टप्पुमा आएर जंगल सफारी, हात्ती सफारी र बोटिङ मुख्य आकर्षण रहेका छन् । तर सम्भावना हुँदा हुँदै पनि कोशी टप्पु घुम्न सोचेजति पर्यटक आएका छैनन् । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

सम्बन्धित खवर