मृतक तुलशा पाठक
पथरी, नेपाल पत्रकार महासंघ मोरङकी महिला उपाध्यक्ष शुशिला पाठकलाई मातृ शोक परेको छ । पाठककी आमा तुलशा पाठकको ७६ वर्षको उमेरमा आइतबार विहान ५ बजे आफ्नै निवास रंगेली ३ रंजनीमा देहावसन भएको हो । प्रेस युनियनकी केन्द्रिय सदस्य पत्रकार पाठक हाल कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।