प्रदेश समाचार प्रभाव, समाजसेवी बलवहादुरले गरे दुई महिने बालकलाई सहयोग

प्रदेश समाचार प्रभाव, समाजसेवी बलवहादुरले गरे दुई महिने बालकलाई सहयोग

रबिन्द्र बराल, रंगेली

नवजात शिशुलाई जन्म दिएको केही घन्टा पछि आमाको मृत्यु भएर बिचल्लीमा परेका बालकलाई एकजना समाजसेवीले सहयोग गरेका छन् । दुई महिने दुघे बालको बिचल्ली भएको खवर प्रदेश दैनिक अनलाइनमा प्रकाशित भए पछि उक्त दुघे बालकलाई सहयोग गरेका हुन् ।

मोरङको रतुवामाई नगरपालिका घर भएका हाल बिराटनगर बसोवास गर्दे आएका समाजसेवी बलवाहादुर बस्नेतले दुई महिने बालक तथा उनका हजुर र परिवारलाई जिन्सी सहयोग गरेका छन् । उनले दुधे बालक लाई ५ डिब्बा ल्याक्टो दुघ, सानो झुल, ब्ल्याङ्केट , लुगा र बालकलाई दूध खुवाउनका लागि नगद २ हजार समेत दिएका छन् । पालन पोषण गर्ने हजुर आमा र बा लाई दुई थान साडी, ५० केजि चामल, १० केजी पिठो, २० केजि आलु, हर्लिस, ५ केजि नुन, १० केजि दाल, झुल, ५ लिटर खाने तेल, लगायतका सामाग्रीहरु बितरण गरेका हुन्। बस्नेतले भने ‘‘आफुले प्रदेश दैनिक अनलाइनमा समाचार प्रकाशन भएको देखेपछि बच्चाको दुःख बुझेर जिन्सी तथा आर्थिक सहयोग गर्ने ईच्छा भएको हो । आफुले असाह्य व्यक्तिलाई संधै सहयोग गरिरहने छु ।’’

सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति समेत रहेको थियो । मोरङको सुनवर्षी नगरपालिका ६ स्थित गधाधर माध्यमिक बिधालय देखि उत्तरमा रहेको केरन्जा नजिकै मुसहर टोलमा बसोबास गर्दै आएका ७० बर्षकी निसि देवि ऋिषिदेवले भनिन यस्तो सहयोग गरेकोमा बलवहादुर बस्नेतलाई धन्यवाद छ । आफ्नो अवस्था दयनीय भएको हुँदा अरु सहयोगी मनहरुले पनि सहयोग गर्न निसिले अनुरोध गरेकी छन् ।

भान्जा कलशदेव ऋिषिदेव को १० घुर जग्गामा सानो घर बनाएर बसिरहेका निसिदेवीको पारिवारिक अवस्था एकदमै नाजुक रहेको छ । घरमा एक दाना चामल समेत छैन, काम गर्न जाउँभने शरिरमा शक्ति छैन, उनीहरु भान्जा कै घरमा बसेर खाई रहेका छन् । शिशुलाई हुर्काउन सहयोगी संस्थाहरुको आवश्यकता रहेको समाजसेवी बैजनाथ झाले बताए ।

सम्बन्धित खवर