पहिलो पटक रंगेलीमा ब्याडमिन्टन प्रतियोगिता

पहिलो पटक रंगेलीमा ब्याडमिन्टन प्रतियोगिता

रबिन्द्र बराल, रंगेली

रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता भएको छ । रंगेली नगरपालिका ७ मा रहेको अस्पताल अगाडिको निजि जग्गामा स्थानीय युवाहरुले दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको ब्याडमिन्टन कोडमा पहिलोपटक ब्याडमिन्टन खेलको प्रतियोगिता गराएका हुन् । सो खेलमा रंगेली ब्याडमिन्टन क्लव, बिओपी रंगेली, बिओपी चुन्निवारी, अमरदह, सिजुवा, लगायत १३ वटा टिमको सहभागी रहेको थियो । खेलमा अमरहदका बिनोद थापा र रंगेलीका भिम बहादुर श्रेष्ठ पहिलो भएका थिए । बिओपी चुनिवारीका झकेन्द्र बानियाँ र बिओपी रंगेलीका जितेन्द्र बस्नेत दोस्रो भएका हुन् । रंगेलीका नवीन साह र सन्तोष लिम्बू तेस्रो भएका थिए । प्रथम लाई नगद २१ हजार दोस्रो हुनेलाई ११ हजार रुपैयाँ र तेस्रो लाई ५ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको थियो । सो खेलमा उत्कृष्ट खेलाडी शम्भु कटुवाल, अनुसाशितमा सिताराम मण्डल घोषित भएका थिए ।

खेलका एम्पायर सुजित पौडेल र शिवु राईले गरेका थिए । खेलका बिजेता उपबिजेताहरुलाई ब्याडमिन्टन क्लवका सचिव प्रल्हाद यादव, शिवु राई, रामनारायण मण्डल लगायतले नगद पुरस्कार हस्तान्तरण गरेका थिए । खेलका क्रममा सुजित पौडेलले अहिले सम्म रंगेली नगरपालिकाले नगर भित्र ब्याडमिन्टन खेलको लागि आवश्यक पर्ने कबड हल निर्माण नगर्दा हामी सबै युवाहरुले मिलेर आफ्नै लागानिमा खेल मैदान बनाएर खेल्न बाध्य रहेको तर नगरपालिकाले कुनै पनि पहल नगरेको समेत बताए । अहिले नगरपालिकाले मठमन्दिर, बाटोलाई मात्रै प्राथमिकता दिएको तर युवाहरुका लागि खेलकुदमा बेवास्ता गरेको आरोप समेत लगाएका छन् ।

सम्बन्धित खवर