सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
उपाधिका लागि मच्छिन्द्रले थ्री स्टार क्लबको सामना गर्नेछ । शिवतसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्रले आर्मी्विरुद्ध दुई गरेको थियो
खेलको सुरुवातदेखि नै दबाब बनाएको मछिन्द्रका लागि खेलको २१औं मिनेटमा रेजिन सुब्बाले सुरुवाती अग्रता दिलाए । आर्मीका गोलरक्षक विवश चौधरी विट भएको अवस्थामा रेजिनले सहजै गोल गरेका थिए ।
खेलको ७४औँ मिनेटमा मछिन्द्रका विशाल राई ‘बि’ को प्रहार आर्मीका गोलरक्षकबाट फुत्किएपछि विकास खवासले बचाउन खोज्दा आत्मघाती गोल भएको थियो । यसअघि खेलको छैटौँ मिनेटमा मछिन्द्रका विमल घर्ती मगरको २५ यार्ड टाढाको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले पञ्च गरेर बचाएका थिए ।
२४औँ मिनेटमा मछिन्द्रका अडेलाजा सोमिडेले आर्मीका चारजना डिफेन्सबाट छक्याएर गरेको प्रहार पनि चौधरीले पञ्च गरेर बचाए । २६औँ मिनेटमा पिटर सेगुनको प्रहार बार नजिकैबाट बाहिरियो ।
३१औँ मिनेटमा विमल घर्ती मगरको प्रहार विफल भयो । त्यस्तै, खेलको पहिलो मिनेटमै आर्मीका जर्ज्प्रिन्स कार्कीको प्रहार बाहिरिएको थियो । नवौँ मिनेटमा सन्तोष तामाङले गरेको प्रहार मछिन्द्रका गोलरक्षक सूर्य अधिकारीले बचाएका थिए २८औँ मिनेटमा कार्कीकै फ्रिकिक प्रहार बारको निक्कै माथि आकाशिएको थियो ।
खेलको ५७औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिक गोलरक्षक अधिकारीले पञ्च गरेर बचाए । खेलको म्यान अफ दि म्याच मछिन्द्रका रेजिन सुब्बा घोषित भए। उनले नगल १० हजार रुपैयाँ प्राप्त गरे । सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।
थाहाखबर
