सिरहामा अबैध घरेलु मदिरा नष्ट

सिरहामा अबैध घरेलु मदिरा नष्ट

राजेन्द्र महतो
लहान ।सिरहाको लहान नगरपालिका बाट सिरहा प्रहरीलेअबैध घरेलु मदिरा नष्ट गरेको छ ।
सिरहाको लहान नगरपालिका -१६ तरेगना गोबिन्दपुर मगरटोलबाट अवैध रूपमा उत्पादन गरेको घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरिएको हो ।
शिवरात्री पर्वको मध्य नजर गर्दै ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरीका संयुक्त सिभिलको विशेष टोली ले लहान नगरपालिका (१६ तरेगना गोबिन्दपुर मगरटोल मा रहेको स्थानियहरुको घरबाट करीब ४ हजार लिटर कच्चापदार्थ र १ हजार लिटर तयारी मदिरा र मदिरा बनाउने भाडा कुडा समेत नष्ट गरेको ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेकटर सुमित कुशवाहाले बताए।
उक्त मदिरा स्थानीय, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको हो ।
मदिराका कारण दिनहु समाजमा झै–झगडा, घरेलुहिंसा, महिला हिंसा लगायतको घटनामा बृद्धिभइरहेको देखिन्छ।

सम्बन्धित खवर