राजेन्द्र महतो लहान ।सिरहाको कल्याणपुर नगरपालिका मा एक बालक को शव पोखरीमा डुवेको अबस्थामा फेला परेको छ। शुक्रबार बिहान सिरहाको कल्याणपुर नगरपालिका -३ इटारीपर्साहीका राजकुमार मण्डलको ३ वर्षिय छोरा आयुष मण्डल पोखरीमा मृत फेला परेको हो । हिजो छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएपनि साँझमा बच्चा खोज्दा फेला नपरेको स्थानीयले बताएका छ्न । बच्चा नभेटिएपछि रातभरी खोज तलास गरेपनि विहानमात्र पोखरीमा फेला परेको प्रहरी ले बताएका छ्न।बच्चा आफै खेल्दै जाने क्रममा डुवेको हुन सक्ने अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद अधिकारीले बताएका छ्न।