राजेन्द्र महतो लहान : सिरहाको नरहा गाउँ पालिका हनुमान चौक बाट प्रहरीले ब्राउन सुगरसहित शुक्रबार एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सिरहा नरहा गाउँपालिका -५ का २० वर्षीय इन्द्रजित यादव छन्। ईलाका प्रहरी कार्यालय नरहा सिरहा बाट खटिएको प्रहरी टोलीले सिरहा–चोहर्वा सडकखण्डको हनुमानचोकमा चेकजाँचको क्रममा नरहा गाउँपालिका का २० वर्षीय इन्द्रजित यादवलाई ४६ वटा स–सानो प्लास्टिकको पोकामा तयार पारीएको २ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छ्न। पक्राउ परेका यादवलाई आबशयक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।