सोलुखुम्बु र सुनसरी मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

सोलुखुम्बु र सुनसरी  मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

सोलुखुम्बु र सुनसरी सोलुखुम्बुमा जारी प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाछन् । आज भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा झापालाई पराजित गर्दै सोलुखुम्बुमा फाइनल प्रवेश गरेको हो । यस्तै भोजपुरलाई पराजित गर्दै सुनसरी फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेमिफाइनलमा सोलुखुम्बुले झापालाई २५ – २०, २३ – २५, २४ – २६, २५ – २२ र २५ – ११ ले पराजित गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको दोश्रो र तेश्रो सेट गुमाएको सोलुखुम्बुले पहिलो, चौथो र पाँचौं सेटमा सुनसरीलाई पराजित गरेको हो ।

यस्तै दोश्रो सेमिफाइनलमा सुनसरीले भोजपुरलाई सोझो सेटमा पराजित गर्यो । सुनसरीले भोजपुरलाई २५ – १६, २५ – १९ र २५ – १६ ले पराजित गरेको हो ।
प्रतियोगिताको तेश्रो स्थानका लागि शनिबार विहान ९ बजेदेखि खेल शुरु हुने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिए ।

शनिबार सम्पन्न हुने प्रतियोगिताको मंगलबार संघीय सांसद हेमकुमार राईले उद्घाटन गरेका थिए । योङ्ग स्टार क्लवको खेल मैदानमा जारी प्रतियोगिताको विजेता टिमहरुले क्रमशः एक लाख ५० हजार, एक लाख, ५० हजार र २५ हजार नगदका साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रथम स्थान हासिल गर्ने टिमलाई नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ५० हजार नगद पुरस्कार थप गर्ने घोषणा गरेकाछन् । प्रथम स्थान प्राप्त गर्ने टिमले दुई लाख नगद प्राप्त गर्नेछ ।

समापन कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की लगायत्को उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर