आहा रारा तालको सुन्दरता (फोटो फिचर)

आहा  रारा तालको सुन्दरता (फोटो फिचर)

मुगु : नेपाल सरकारले २०२० भ्रमण वर्षलाई मनाउने भए सँगै मुगुमा यतिबेला आन्त्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लाग्ने अनुमान गरिएता पनि अहिले खासै पर्यटकहरु नआएको स्थानीयहरु बताउँछन ।

समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा हिमपातले चाँदी झैँ टल्किएको र चारैतिर हिमपातले सेताम्य बीचमा आकाशगंगा झैँ नीलो तालले रारा रमणीय तथा प्राकृति सौन्दर्य डुबुल्की मादै निकै मनमोहक भएर बसेको छ ।


सकारले घुम्नै पर्ने नेपालको एक सय गन्तब्यमध्ये मुगुको राराताल पनि एक हो । पर्यटन पर्षको शुभारम्भसँगै चाँदी झैँ टल्किएको रारामा आन्तरिक तथा बाह्य पर्यटको मननै लोभ्याउँने छ । कर्णालीको प्रमुख पर्यटकीयस्थल प्रदेशकै दुर्गम भनी परिचित प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यति बेला सुनसान रहेको छ ।

रामा २० हजार पर्यटन भित्राउने लक्ष्यका साथ पर्यटन वर्षको शुरुवातीमा तामझामका साथ राराको किनारमा कार्यक्रम गरिएको थियो । अहिले रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन संख्यामा न्यून रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जानकारी दिएको छ ।

मुगुलगायत कर्णालीका जिल्लामा लगातार परेको बाक्लो हिमपातले गर्दा हवाई उडानदेखि सडक अवरुद्ध हुनुका साथै सवारी साधन पनि सञ्चालन नआएपछि पछिल्लो समय रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा घट्दो क्रममा रहेको छ ।
व्यवसाय करिब शून्य जस्तै भएको स्थानीय एक व्यापारलिे बताए । सरकारले भ्रमण वर्ष भनेर प्रचार मात्र गर्याे, पूर्वाधार विकासमा ध्यान नदिँदा रारामा बसेर्षि पर्यटक घटिरहेका छन ।

राराको यति धेरै सुन्दरता र पर्यटन क्षेत्रमा निकै ठुलो योग्दान पुर्याउन सक्ने भएता पनि सरकारी निकाय बाट यँहाको भौतिक पूर्वधार निमार्णमा खमसै ध्यान नदिएको देखिन्छ ।

 

सम्बन्धित खवर