शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु

दोलखा । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ ।

कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले शुक्रबार साढे ११ बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेको हो ।

ठक्कर दिँदा उनकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर