विष्णुमाया घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

विष्णुमाया घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

भद्रपुरको कचनकवल गाउँपालिका(२ की १४ वर्षीया किशोरी विष्णुमाया कार्कीको आत्महत्या नभई हत्या हुन सक्ने भन्दै नेपाल विद्यार्थी संघ झापाले जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापनपत्र बुझाएको छ।
किशोरी कार्कीको घटनाको सत्य तथ्य छानबिन गरी हत्यारा खोजी कानुनी कारबाहीको माग राख्दै नेविसंघका जिल्ला सभापति राजेन्द्र उप्रेतीको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उदयबहादुर राना मगरलाई घटनाको विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन्।
विद्यार्थी नेताहरूले हत्यारा उम्कन सक्ने भन्दै तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गदै प्रजिअ उदयबहादुर राना जानकारीसमेत गराएका थिए। यता, ज्ञापनपत्र बुझ्दै प्रजिअ रानाले ‘किशोरीको हत्या भए वा नभएको जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जानकारी छ, हत्या प्रमाणित भए हत्यारा कानुनी कारबाही हुन्छ।’
स्थानीय लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगीमा कक्षा ६ मा अध्ययनरत किशोरी कार्कीको शव झुन्डिएको अवस्थामा सोमबार बिहान स्थानीयले चिया बगानको नालामा घाटीमा डोरी लगाएको झुन्डिएको अवस्थामा फेला पारेको हो। बालिकाको शवको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको स्थानीय बताउँछन्।

सम्बन्धित खवर