मर्यादित बनाउन महिलाहरुलाई महिनावारी सम्बन्धि अन्र्तक्रिया

मर्यादित बनाउन महिलाहरुलाई महिनावारी सम्बन्धि अन्र्तक्रिया

मंगलसेन नगरपालिकाले नगरलाई छाउपडि गोठमुक्त घोषण गर्नका लागि अनुगमन कार्यलाई तिब्रता दिएको छ ।नगरपालिकाका १४ वटै वडामा पहिलो चरणमा असुरक्षित छाउगोठ भत्काईसकेपछि दोस्रो चरणमा छाउगोठको अबस्थाबारे सघन अनुुगमन कार्यमा तिब्रता दिईएको हो ।

पहिलो चरणमा नगर भित्रका छाउगोठहरू भत्काउने अभियान सम्पन्न गरिसकेपछि अब घोषणा गर्नका लागि छाउगोठ भत्किएपछिको अवस्था बुझ्नका लागि नगरले अनुगमन गर्ने अभियानलाई तिब्रता दिएको नगरपालिकाले जनाएको छ ।

अनुगमनको क्रममा अधिकाश वडाहरूमा पुर्णरूपमा छाउगोठहरू भत्काएर महिला तथा किशोरीहरू सुरक्षित तरिकाले बसेको पाईएको छ भने अनुगमनको क्रममा भेटाईएका गोठहरू भत्काईएका छन भने केही गोठहरु लाई भत्काउनका लागि अनुगमन टोलिले निर्देशन दिएको छ ।

विहिबारपनि नगरपालिकाबाट खटिएको अनुुगमन टोलि, टोल बिकास संस्था, आमा समुह, महिला स्वास्थ्य स्वयम सेविका, प्रहरी, पत्रकार सहीतको टोलिले आज नगरको वडा नम्बर १२ बान्नातोलिमा स्थलगत अनुुगमन सहीत टोलमा अन्तक्रिर्या गरेको छ ।

अनुगमन पछि भएको अन्तर्कृया कार्यक्रममा स्थानीयलाई छाउपडि कु प्रथाको बारेमा जानकारी गराई यो प्रथा मान्ने र मान्न बाध्य पार्नेलाई हुने सजायको बारेमा जानकारी गराईएको थियोे । वडा नम्बर १२ बान्नातोलिका वडा अध्यक्ष प्रेम बहादुर रावलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष जनक राज भण्डारीले

छाउ गोठ भत्काउने अभियानमा सबै एकमत भएर लागेर अगाडि बढेपछी यो प्रथा क्रमिक रुपमा सुधार हुदै जाने भएकाले सबैले एकजुठ भएर लाग्नुपर्ने बताउनुभयो ।

अझै मानसिक रुपमा चेतनामा सुधार आउन नसकेकाले क्रमिक रुपमा सुधार हुुदै जाने बताउनु भयो । १ देखि १४ वटै वडामा फागुन १५ गते भित्र सघन अनुुगमन गरि बाँकी रहेका असुरक्षित गोठ अन्त्य गरि मात्र नगर घोषणा गरिने भएकाले सबैले सक्रिय भएर जनचेतना जगाउदै अघि बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

वडा अध्यक्ष भन्डारिले महिनावारी भएको समयमा गोठमा पठाएर मिर्त्युको मुखमा पुर्याउने काम नगर्न सबैलाई आग्रह गर्नुभयो । छाउपडी गोठमा पठाएकै कारण अछाम जिल्लामा धेरैको ज्यान गएको प्रसङ्ग लाई जोड्दै यस्ता खालका घटना हुन नदिन सबैले सक्रिय भएर प्रथा अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी स्थानियहरुले छाउपडी गोठ भत्काएर अलपत्र पारेर मात्र नहुने भन्दै ब्यावस्थित गरि दिनको लागि नगरपालिका र वडा सरकारले बिशेश खालको कार्यक्रम ल्याउनु पर्ने, शिक्षित मान्छे लाई छाउप्रथाको बारेमा जानकारी भएपनी अशिक्षित र बुढापाकाहरु लाई जनचेतना जगाउनको आगि रचनात्मक कार्यक्रम ल्याउनु पर्ने लगायतका मागहरु राखेका थिए । यस्तै सहभागी हरुले नेतृत्व बिकासका कार्यक्रमहरु ल्याउन सकेपछि यो अभियानमा टेवा पुग्ने बताएका थिए ।

यसैबिच कार्यक्रममा सहभागी स्थानीयहरिले गाउँका महिला दिदिबहिनी लाई सुरक्षीत रुपमा घरमा बसाल्ने गरेको र नगरले अघि बढाएको छाउगोठ मुक्त पालिका घोषण गर्न अा अाफ्नो क्षेत्र बाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

वडा नम्बर ६ का वडा अध्यक्ष जनकराज भन्डारिको नेतृत्वमा गएको अनुगमन टोलिमा वडा नम्बर ७ का अध्यक्ष सिद्ध राज ढुंगाना, वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी, वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल, कार्यपालिका सदस्य, रेडियो रामारोशनका शंकर थापा, नगरपालिकाका बिभिम्न शाखाका कर्मचारी, प्रहरी, महिला स्वास्थ स्वयमसेबिका, आमा समूह, शिक्षक, युवा, बालक्लब लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर