न्यू प्यागोडाले मनायो २८ औँ अभिभावक दिवश

न्यू प्यागोडाले मनायो २८ औँ अभिभावक दिवश

पथरी, न्यू प्यागोडा माविले आफ्नो २८ औँ अभिभावक दिवश विहिबार भव्यताका साथ मनाएको छ । मोरङ पथरी शनिश्चरे १ मा रहेको प्यागोडाले अभिभावक दिवशमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु, शिक्षक, पूर्व विद्यार्थी लगाएतलाई सम्मान गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरेको छ ।

गुणस्तरीय शिक्षामा जोड दिएको विद्यालयले २०५७ सालको एसइलसी व्याजबाट बढि बिल्डर प्रकाश राई, १० औँ मिस पूर्वाञ्चल २०७३ को एसएलसी व्याजबाट रीजु भट्टराई जस्ता विद्यार्थीहरु उत्पादन गरिसकेको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलिप कुमार राईले राई र भट्टराईलाई सम्मान समेत गर्नुभयो । कार्यक्रममा बोल्दै मेयर राईले शैक्षिक क्षेत्रको एक धरोहरका रुपमा रहेको प्यागोडाको अझै प्रगतीको कामना गर्नुभयो ।

कार्यक्रममा माथिल्लो कक्षा अध्यापन गराउने विज्ञान विषयका शिक्षक रुपक सापकोटा र तल्लो तह (युकेजी) मा अध्यापन गराउने शिक्षक संगीता श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै विभिन्न कक्षामा उत्कृष्ट विद्यार्थीहरु, खेलकुदमा उत्कृष्ट विद्यार्थीहरु, खेलमा उत्कृष्ट अभिभावक लगाएतलाई पुरस्कार समेत वितरण गरियो । भर्खरै समपन्न भएको नगर प्याब्सनले आयोजना गरेको फटबल खेलमा विजेता भएका खेलाडी र कोचलाई समेत ट्रफि र मेडलले सम्मान गरियो ।

आगामी वर्षको एस.ई.ई.मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद ५० हजार पुरस्कार दिइने विद्यालयका निर्देशक टिका प्रसाद दंगालले जानकारी दिनुभयो । विद्यालयले शिक्षासंगै विद्यार्थीहरुका अन्य प्रतिभाहरुको पनि कदर गरिने दंगालले जनाउनुभयो ।

कार्यक्रममा पूर्व विद्यार्थी रीजु भट्टराईले आफ्नो शिक्षासंगै अन्य क्रियाकलापमा विद्यालयले सधैँ साथ दिएको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रम अभिभावक संघका अध्यक्ष विश्वमणि निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नर्सरी देखिका विद्यार्थीहरुले गायन, नृत्य प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए ।

सम्बन्धित खवर