थिनिङ क्रियाकलाप पूरक कार्ययोजना कार्यक्रम आज देखि सुरु

थिनिङ क्रियाकलाप पूरक कार्ययोजना कार्यक्रम आज देखि सुरु

बिजौरी सव–डिभिजन वन कार्यालय बिजौरीको कार्यक्षेत्र अन्तर्गत तुलसीपुर उप–महानगरपालिका वडा नं. १९ मा रहेको झरना सामुदायिक वन उपभोक्ता समुहको थिनिङ क्रियाकलाप पूरक कार्ययोजना कार्यक्रम आज देखि सुरु भएको छ ।

यस आर्थिक वर्ष थिनिङ क्रियाकलाप पूरक कार्ययोजना, २०७६ अनुसार ५ हेक्टर क्षेत्रफलमा थिनिङ कार्य सम्पन्न गर्ने उद्देश्यका साथ सुरुभएको वन व्यवस्थापन कार्य अन्तर्गतको थिनिङ कार्य समुहका अध्यक्ष खडग बहादुर वलीको अध्यक्षता तथा डिभिजन वन कार्यालय दाङका कार्यालय प्रमुख डिभिजन वन अधिकृत दिपक ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको हो ।

सामुदायिक वन क्षेत्रको सुधार गर्नलाई अभियानकै रुपमा लिईएको थिनिङ कार्यको प्राविधिक तथा व्यवहारिक पक्षका सन्दर्भमा समुदायका उपभोक्ताहरुलाई सरल ढङ्गबाट प्रष्ट्याउँदै डिभिजन वन अधिकृतले स्वीकृत वन कार्ययोजना अनुसार थिनिङको आवश्यकता र यसको कार्यान्वयनका बारेमा प्रष्ट पारेका थिए ।

उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको औपचारिक कार्यक्रमको सहजिकरण बिजौरी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कमल प्रसाद पुनले गरेका थिए भने झरना सामुदायिक वनका अध्यक्ष खड्ग बहादुर वलीले डिभिजन वन अधिकृत लगायतका अतिथिहरुलाई खादा लगाई सम्मान तथा स्वागत गरेका थिए ।

 

सम्बन्धित खवर