जिप दुर्घटनामा परी घाइते हुनेहरु खतरा मुत्त

जिप दुर्घटनामा परी घाइते हुनेहरु खतरा मुत्त
८ फागुन, बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिका १ पौवागडीबाट सोही गाउँपालिकाको गडराय जाँदै गरेको सु.प.प्र ०१००१ ज १२२० नम्बरको विद्यार्थी बोकेको जिप दुर्घटना परी घाईते हुनेहरु सबै खतरा मुक्त भएको जिल्ला अस्पताल बझाङका प्रमुख सन्दिप ओखेडाले बताएका छन् । गाउँपालिकाले महेश्वरी मावि गडरायमा आयोजना गरेको गाउँपालिका स्तरीय अध्यक्ष कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड कार्यक्रममा सहभागी हुन गएका विद्यार्थीसहित शिक्षक बोकेर गएको महेन्द्राको बलेरो जिप सोही गाउँपालिका ७ बिडा नजिकै सिमको मोडमा दुर्घटना भएको थियो ।
 
दुर्घटना परी घाईते हुनेमा खप्तड छान्ना गाउँपालिका २ का गाउँपालिका उपाध्यक्ष पाउसरा थापा, सोही गाउँपालिका १ का वर्ष २१ अर्जुन खत्री, वर्ष २१ का लक्ष्मण खत्री, वर्ष १८का रविन्द्र जोशी वर्ष १८का सुमन सार्की, वर्ष १५का सुमन बिक वर्ष १४का बिनोद बिक वर्ष २०का रुपा उपाध्याय, वर्ष ४२का देवीभक्त जोशी र सोही गाउँपालिका ३ का शिक्षक नरेन्द्र उपाध्याय रहेको छान्ना प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भुवन सिंह बोहराले जानकारी दिए । चालकको लापरबाहीका कारण घटना भएको प्रहरीको भनाइ छ ।
 
जिप तिव्र गतिमा भएको र क्षमता भन्दा बढी यात्रु समेत बढी बोकेका कारण मोडमा दुर्घटना भई सडक किनारामा पल्टिएको प्रहरी नायब निरीक्षक बोहराले बताए । घाईतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । जिल्ला अस्पताल बझाङका प्रमुख सन्दीप ओखेडाका अनुसार एक दुर्घटनामा घाईते सुमन बिकको मेरुदण्डमा चोट लागेकाले उनलाई काठमाण्डौ रिफर गरिएको छ भने अन्य घाईतेहरुको अवस्था सामान्य रहेको रहेको छ ।
 
उनका अनुसार घाईते भएका सबै खतरा मुक्त छन् । जिप चालक टेक साँउदलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । घाईतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । जिल्ला अस्पताल बझाङका प्रमुख सन्दीप ओखेडाका अनुसार एक दुर्घटनामा घाईते सुमन बिकको मेरुदण्डमा चोट लागेकाले उनलाई काठमाडौं रिफर गरिएको छ भने अन्य घाईतेहरुको अवस्था सामान्य रहेको रहेको छ ।
 
गाउँपालिकामा चल्ने जिपहरुमा पटकपटक क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको समेत स्थानीयले बताएका छन् ।
यसअघि पनि खप्तड छान्ना गाउँपालिका २ लामातोलामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो भने तीन जना घाईते भएका थिए ।

सम्बन्धित खवर