राप्ती गाँउपालिकालाई सडक मुक्त बनाईदै

राप्ती गाँउपालिकालाई सडक मुक्त बनाईदै

दाङ, फागुन ८ । दाङको राप्ती गाउँपालिका सडक मानव मुक्त गाउँपालिका घोषणा हुने भएको छ । यही फागुन १३ गते एक कार्यक्रमकाबीच गाउँपालिकालाई सडक मानव मुक्त घोषणा गर्ने तयारी भएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकासँगै दाङका अन्य स्थानीय तहमा कुनै कारण सडकमा बस्न बाध्य भएकालाई उद्दार गरिएको छ । उद्दारा गरिएकाहरुलाई निलसागर आश्रम राखिएको छ । निलसागर आश्रमको समन्वयमा सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने तयारीका लागि शिक्षा अधिकृत विश्वास विकलाई जिम्मेवारी प्रदानसमेत गरिएको प्रबक्ता चौधरीले बताउनुभयो ।

सम्बन्धित खवर