आज देखि चौथो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव

आज देखि चौथो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव

दाङ, फागुन ८ । आउँदै गरेको महाशिवरात्री पर्वको अवसरमा देउखुरीको धार्मीक एवं पर्यटकीय स्थल जखेरा तालमा आज देखि चौथो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । जखेरा शिवालय धार्मीक पर्यटन विकाश संस्था प्रतिष्ठानको आयोजनामा ताल तलैया तथा पर्यटकीय स्थलको संरक्षण गरौं, भ्रमण वर्ष २०२० लाई सफल पारौं भन्ने मुल नारा सहित महोत्सवको आयोजना गरिएको प्रतिष्ठानका उपाध्यक्ष रविध्वज थापाले जानकारी दिनु भएको छ ।

लमही नगरपालिका प्रमुख कुलबहादुर केसिले उद्घाटन गर्ने महोत्सवकामा नेपाली चलचित्र क्षेत्रका ख्याति प्राप्त नायक दिलिप रायमाझी, लोक दोहोरी कलाकार पशुपति शर्मा, बिक्रम राना, आरुषी मगर, भुपु पाण्डे, एन्जल सोमई मगर, विशाखा शाही र विजय पुन लगायत अन्य थुप्रै कलाकारहरुको प्रस्तुती रहने जखेरा शिवालय धार्मीक पर्यटन विकाश सँस्था प्रतिष्ठानका महासचिव लोकमणी बन्जाडेले जानकारी दिनुभएको छ ।

महोत्सवमा सुन्दर पर्यटकीय सम्पदाको अवलोकन, आकर्षक डुङ्गा द्धारा ताल परिक्रमा, शिद्धेश्वर महादेवस्थानामा विषेश पुजा आजा, स्थानिय कला सँस्कृती झल्कने झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम रहेको छ । ७० वटा ब्यापारिक स्टल रहने महोत्सव व्यवस्थापनका लागी बिभीन्न उपसमीती समेत गठन गरिएको छ ।

सम्बन्धित खवर