गत कार्तिक १८ गते सोमवार मोरङको कानेपोखरी वडा नम्वर ६ की १७ वर्षीय किशोरीले अबैध यौन सम्वध पश्चात जन्मेको शिशुलाई हत्या गरि करेसा वारीमा पुरेको रहस्य बाहिर आएको छ ।
१७ गते सोमवार साझको समयमा सोहि वडा वस्ने १७ वर्षीय किशोरी र उनका वुवा छोरीको स्वास्थ्यमा समस्या आएको भन्दै स्वास्थ्य परिक्षण गराउन आएका रमाईलो डायग्नोसिटक आएका थिए ।
रातको समयमा त्यहाँ आएका उनिहरुको स्वास्थ्य परिक्षणका क्रममा किशोरीलाई रक्तश्राव भएपछि उपचार सम्भव हुन नसक्ने भन्दै अन्यत्र लैजान भनिएको थियो ।
तर भोलिपल्ट मंगलवार साँझको समयमा डायग्नोस्टिक सेन्टर भएको घर पछाडीको मेनुका दवाडीको करेसावारीमा टमाटर रोप्ने क्रममा शिशुको हात फेला परेपछि अवैद्ध तरिकाले डाग्योनोष्टिकमा जन्म दिएको शिशुलाई त्यहाँ पुरेर घटना ढाकछोप गर्न लागिएको रहस्य वाहिर आएको थियो । घटना घटेको ४ महिना पछि भने सो शिशुको जन्म सकुशल भएको र जन्म पश्चात शिशुको हत्या गरेर वारीमा पुरेको प्रमाणीत भएको छ ।
पुरीएको अवस्थामा भेटीएको शिशुको मंसिरमा आएको पोष्टर्माटम रिर्पोटका आधारमा शिशुको हत्याको एकिन तथ्य रिर्पोटले नबताएता पनि रिर्पोटले शिशु शकुशल जन्मेको र जन्म पश्चात उनको हत्या गरिएको र फोक्सोमा पानी जमेको रिर्पोट आएको इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी गिरीले टेलिफोन सम्वादमा बताएका छन् ।
गिरीले भने “शिशुको पोष्टमार्टम रिर्पोटका आधारमा जन्म दिने आमालाई प्रकाउ गरिएको हो । क्लिनिक संचालकका पनि केही संकास्पद कुराहरु भेटिएको छ हामी छानविन गर्दैछौ ।” अहिले पुरानै छानविनलाई आधार मानेर उनी माथी केही कार्वाहिको प्रक्रिया अगाडी बढाईएको छैन् ।
साथै गिरीले पथरी क्षेत्रमा भएका रहस्मय मृत्यु प्रकरणका फाईलहरु पनि अव क्रमश खोलिदै जाने र सत्य तथ्य बाहीर ल्याएरै छाड्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
पछिल्लो समय पथरी इलाका प्रहरीको जिम्मेवारी सम्हाल्न आएका डिएस्पी दिलिप कुमार गिरीले इलाकामा रहेका पुराना घटना क्रमहरुलाई पल्टाउने क्रममा ४१ जना फरार अपराधिहरुलाई कानुनी कठघरामा उभ्याईसको समेत बताए ।
४ महिना अगाडी घटेको यो यो घट्ना क्रमलाई हेर्ने हो भने १७ बर्षीय किशोरीको गरिव, अशिक्षा वा दबावको कारण नाजायज संबन्ध रहन गयो, त्यसको असर बच्चा बस्न गयो, नाजायज र गरिवीका कारण घटना केहि समयको लागि ढाकछोप त भयो तर पेटमा हुर्किदै गएको बच्चा गाँउमा च्याउ सरी उम्रेका औषधी पसलको कमाउनै बाटो बन्दै गएको छ ।
कानुन बिपरीत अवैधानीक तवरले छोटो समयमा बिना अनुभव पैसा कमाउन गर्वपतन गराउने औषधी पसलका कारण समाजमा यस्ता घटना घट्ने गरेको पाईन्छ । यो घटना एउटा प्रतिनिधी मात्र हो ।
यस्ता कार्यमा गाँउघरका औषधी पसल र क्लिनिकहरुले सम्बन्धित सबै पक्षलाई पैसाको बुजोले मुख टाल्ने र स्वतन्त्र तरिकाले आफ्नो ब्यावसाय संचालन गर्ने गरेको पाईन्छ । यदि कहि कतै समस्या आएमा उनिहरु पावर र पहुचका आधारमा छुट्ने गरेको ज्वलन्त उदाहरण छ ।
जसको कारण १७ वर्षीय किशोरी हत्या आरोपमा पक्राउ परेकी छिन् भने अबैध रुपमा क्लिनिकमा शिशुको जन्म भएपनि क्लिनिकका संचालक भने खुलेआम निर्धक्क हिड्डुल गरिरहेका छन् । हाल किशोरी जिल्ला प्रहरी कार्यालय विराटनगरको निगरानीमा रहेकी छिन ।
असुरक्षीत गर्भपतनद्धारा मृत शिशु
४ महिना अगाडी क्लिनिक सगै मेनुका दवाडीको करेसाबारीमा अबैध शिशुको शव फेला परेको थियो । दवाडीले कार्तिक १९ गते मंगलबारका दिन करेसाबारीमा टमटर रोप्ने क्रममा खन्दा शिशुको हात निस्कीए पछी खैला बैला भएको थियो ।
दवाडीको घर संगै टासिएको चेतना मेडिसियन सेन्टर तथा रमाईलो डायग्नोस्टिक सेन्टरमा नवजात शिशु जन्मीए पछि सो घटना ढाकछोप गर्न बच्चा पुरेको देखिन्छ ।
यता मेडिकलले भने त्यतिबेला ल्याब र औषधी बिक्री गर्ने अनुमति लिएको भएपपनि सुत्केरी गराउने अनुमती लिएको देखिएको थिएन ।
स्वाथ्य परिक्षण गराउने क्रममा पिसाव चेक गर्न ट्वाईलेट गएको र संम्पर्कमा नआएको कारण आफुलाई सो दिनको बारेमा अन्य कुरा थाहा नभएको संचालक प्रकाश धिमालले बताएका थिए ।
यता घटनाको विवरण वुझदा भने स्वास्थ्य सस्था संचालक धिमाल, शिशुको शव फेला पर्ने दवाडी र उपचारमा संलग्न स्वास्थ्य कर्मीका कुरा भने एक आपसमा बाझिएको थियो ।
किशोरीको उपचारमा प्रत्यक्ष समलग्न स्वास्थ्यकर्मी ल्याव टेक्निसियन र्सिजना घिमिरे र अनमी सावित्रा गुरुङलाई घटनाको वारेमा बुझदा आफुहरुले केहि वोल्न नमिल्ने भन्दै पन्छिए पछि घटना थप संकास्पद बनेको थियो तर त्यसको ४ महिना पछि भने सोही ठाउमा शिशुको जिवितै जन्म दिई मारेर पुरेको तथ्य बाहीर आएको हो ।
यस्तै स्वास्थ्य सस्था संचालक धिमाल र शिशुको शव फेला पर्ने दवाडीको कुरा सुन्दा उनिहरु विचमा भएको कुरा पनि आपसमा बाझिन्छ ।
दवाडीका अनुसार– विद्यालयबाट फर्किएपछि टमाटर रोप्न करेसा वारीमा जादा टमाटर रोप्ने क्रममा वारीको पल्लो छेउमा खोस्रदा शिशुको हात फेला प¥यो त्यसपछि आफु सो वारेमा जानकारी गराउन स्वास्थ्य संस्थामा जादा संचालक धिमालले मलाई सवै थाहा छ मेडम तपाईले चिन्ता नलिनु भनेर फर्काएको उनले बताएकी थिईन ।
यता फेरी तिनै संचालक धिमाल भने स्वाथ्य परिक्षण गराउने क्रममा पिसाव चेक गर्न ट्वाईलेट गएको तर संम्पर्कमा नआएको बताउछन् भने शिशुको शव फेला पर्ने दवाडीलाई फेरी सवै थाहा छ मैले मान्छे बोलाईसकेको छु भनेर पनि फकाईदिन्छन् जसको कारण घटना संकास्पद हो भनेर भन्न सक्ने अर्को आधार त्यहाँ भेटिएको थियो ।
प्रहरीले मेडिकल संचालक र सुत्केरी किशोरीलाई त्यति बेला नियन्त्रणमा लिएको भएपनि संचालकको कुनै कमजोरी नरहेको भन्दै छाडेको थियो । गर्भवतीको स्वास्थ्य परिक्षण गर्न अनुमती नभएको संस्थाले गर्भवती किशोरीको स्वाथ्य परिक्षण गराउनु, अबैधानीक तवरले स्वास्थ्य संस्थामा गर्वपतन भएपछि घटनालाई ढाकछोप गर्न खोज्ने संस्थालाई विना अनुसन्धान स्वतन्त्र रुपमा छोडिदिनु प्रहरी प्रशाशनको कमजोरी पो हो की ?