सप्तरीमा टिप्परको ठककरबाट एकको मृत्यु, दर्जनौ घाइते

सप्तरीमा टिप्परको ठककरबाट एकको मृत्यु, दर्जनौ घाइते

राजविराजः सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरमा टिप्परले टेम्पोलाई ठक्कर दिंदा एक भारतीय नागरिकको मृत्यु र दर्जनौ व्यक्ति घाइते भएका छन् । बोदे बरसाइन-विसनपुर सडकखण्डअन्तर्गत वडा नम्बर २ बैरियाँस्थित दक्षिततर्फ गइरहेको ना १ च ५५२७ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको स १ प ३७९५ नम्बरको टेम्पोलाई ठक्‍कर दिँदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले जनाएको छ। सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुने क्रममा टेम्पो दुर्घटना परेको थियो।

सम्बन्धित खवर