पशुपति क्षेत्रका बिन्दास बाबाहरु

पशुपति क्षेत्रका बिन्दास बाबाहरु

काठमाडौँ– महाशिवरात्री नजिकिएसँग पशुपति क्षेत्रमा बाबा (साधु)हरुको चहलपहल बढेको छ।

शिवरात्रीको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आउने साधुसन्तहरुले पशुपति क्षेत्र भरिभराउ हुन्छ। विशेषगरी शिवभक्तहरुका लागि महाशिवरात्री सबैभन्दा ठूलो उत्सव हो।

हिन्दुहरुका लागि पशुपतिनाथ प्रमुख तीर्थस्थलमध्ये एक हो। शिवरात्रीका अवसरमा लाखौँ मानिसहरु पशुपतिनाथको दर्शनका लागि पुग्ने गर्छन्।

महाशिवरात्रीका लागि एक दिनमात्र बाँकी रहँदा अघिल्ला वर्षहरुको तुलनामा बाबा तथा साधुसन्तहरुको उपस्थिति कम देखिन्छ।

पछिल्लो समय भारतबाट आउने बाबाहरुको संख्या घट्दोक्रममा रहेको पशुपति क्षेत्र विकास कोषको जनाएको छ।

सम्बन्धित खवर