प्रजातनत्रको अवसर पारेर बेलकामा नयाँ विद्यालय भवन उद्घाटन

प्रजातनत्रको अवसर पारेर बेलकामा नयाँ विद्यालय भवन उद्घाटन

उदयपुर

उदयपुरकाे बेलका नगरपालिका स्थित बरपिपल माध्यमिक बिद्यालयको २ तले भवन उद्घाटन तथा अभिभावक भेला सम्पन्न भएकाे छ ।

अब बन्ने नँया भवनमा बिज्ञान प्रयोगसाला,  सुचना केन्द्र को स्थापना, कम्प्युटर, शाैचालय, रहने छ ।  २४ औ अभिभावक भेला तथा नँया भवनकाे प्रजातन्त्र दिवसको अवसर पारेर उद्घाटन  गरिएकाे हाे ।

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष शरण सुबेदिको अध्यक्षतामा बेलका नगरपालिका का नगरप्रमुख दुर्गा कुमार थापाको प्रमुखअतिथि मा बेलका नगरपालिकाका वार्ड न ९ का अध्यक्ष मोहन प्रसाद घिमिरे, नेकपा बेलका सचीव गणेश बस्नेत, समाजवादी पार्टी का बेलका अध्यक्ष सुरेन्द्र राई लगायत विभिन्न जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाप्रेमी हरुको उपस्थितमा उद्घाटन भएको छ ।

२०४७ साल जेष्ठ १ गते स्थापना भयको बिध्यालय बेलका नगरपालिकाकै माबी बिध्यालय मध्य उत्कृष्ट नतिजा ल्याउन सफल बिध्यालयको ४ कोठे सुबिधा सम्मपन भवन उद्घाटन गरिएको छ ।

बहुबर्षिय योजना अन्तर्गत सम्पन भएको भवन ५०,६३,५६२ रुपैया ३८ पैसा मा निर्माण गरिएको हो ।  त्यसैगरी बिज्ञान प्रयोगशाला, सूचना केन्द्र को समेत स्थापन गरिएको छ ।  स्थापना देखि नै खानेपानी को समस्या बाट ग्रषित बिध्यालयमा नगरपालिका तथा वार्ड कार्यालयको सहयोगमा डिब ट्याईलेट खानेपानीको समेत ब्यबस्थापन गरिएको छ।

‘बिध्यालयमा आइसिटी समेत सन्चालन छ, ईहाजिरी, सिसि क्यामेरा को प्रबन्ध मिलाइएको प्रअ गणेश  थापाले बताए ।

साथै अभिभावक भेलामा बिध्यालयका शिक्षकहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा मोहन प्रसाद घिमिरे , सुरेन्द्र राई, गणेश बस्नेत , मेयर दुर्गा कुमार थापाले सुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित खवर