जन्मदिन मनाउन जन्मस्थान जादै ओली

जन्मदिन मनाउन जन्मस्थान जादै ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन आफ्नै जन्मथलो तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा मनाउने भएका छन्। ओली २००८ फागुन ११ गते इवाको सल्लेमा जन्मिएका हुन्।

६९ औं जन्मदिनको अवसरमा जन्मथलो जान लाग्नु भएको हो। अन्य कार्यक्रम पनि छन्।

ओलीले बिक्री भइसकेको आफ्नो जन्मघर पनि केही वर्षअघि किनिसकेका छन्।

२०२४ सालमा ओलीका पिता मोहनप्रसाद साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झरेका थिए। सोही घर र घर रहेको ३० रोपनी जग्गा ओलीले २०७२ मा साढे १० लाख रुपैयाँमा किनेका थिए। बुबा मोहनप्रसादकै आग्रहमा उनले घर र जग्गा किनेका हुन्।

ओलीको झापाको दमकमा पनि घर छ। प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारीमा छन्। पछिल्लो समय उनी नियमित डायलासिस गराइरहेका छन्। मंगलबार मात्र उनको एन्जियोग्राफी गरिएको थियो।

सरकार सञ्चालनको व्यस्तता, नियमित डायलासिस र दोस्रो मिर्गौला प्रत्यारोपणअघिका स्वास्थ्यपरीक्षणका बीच पनि उनले जन्मस्थलमै गएर जन्मदिन मनाउने इच्छा देखाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका सदस्य इन्द्र भण्डारीले त्यसदिन पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको बताए।

नेकपाका अन्य नेताहरुको तुलनामा प्रधानमन्त्री ओलीले जन्मदिनलाई विशेष रुपमा मनाउँदै आएका छन्।

सम्बन्धित खवर