सिरहामा बालिका माथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ

सिरहामा बालिका माथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ

 

राजेन्द्र महतो

लहान फाल्गुन ७ गते।

सिरहा को गोलबजार नगरपालिका मा ६वर्षिया एक बालिका माथि यौन दुरव्यवहार गरेको आरोपमा सिरहा प्रहरी ले एक जना मदिरा व्यवसायीलाई पक्राउ गरेको छ l

जिल्ला प्रहरी कार्यालय सिरहाले बालिका माथि यौन दुरव्यवहार गरेको आरोपमा मंगलवार सिरहाको गोलबजार नगरपालिका -६ का मदिरा व्यवसायी ५० वर्षिय गंगाप्रसाद महतोलाई गोलबजार नपा -४मा स्थित मदिरा पसलबाट पक्राउ गरेको हो।

महतो एक स्थानीय ६ बर्शिया बालिकालाई ललाई फकाई शरिरको संवेदनशिल अंगहरुमा छामछुम गरेको भने प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको बताइएको छ । घटना सोमवार नै भएपनि अभिभावकले घटनाको मंगलवार थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए ।मदिरा व्यवसायी महतोले बिहान सबेरैदेखि पसल खोल्ने र राती अबेर सम्म पसल मा बस्ने गरेका थिए ।

पक्राउ गरेका महतोलाई जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद अधिकारीले बताएका छ्न। महतो बिरुद्ध प्रहरीमा किटानी सहितको लिखित उजुरी परेपछि महतोलाई नियन्त्रणमा लिएर कार्वाहीको प्रकृयालाई अगाडी बढाएको डिएसपी अधिकारीले बताए।

सम्बन्धित खवर