महेन्द्र मावि रतुवामाईले मनायो प्रजातन्त्र दिवस

महेन्द्र मावि रतुवामाईले मनायो प्रजातन्त्र दिवस

 

प्रबेश बिष्ट
फागुन, ०७, रतुवामाई ।

मोरंगको रतुवामाई नगरपालिका वडा नम्बर १० मा रहेको महेन्द्र माध्यमिक विद्यालयले ७० आँै प्रजातन्त्र दिवस बुधबार विविध कमर्यक्रमसहित मनाएको छ । महेन्द्र बाल क्लबको आयोजनामा कार्यक्रम गरिएको थियो ।

महेन्द्र माविले खुल्ला वक्तृत्वकला र कविता प्रतियोगिता आयोजना गरेको थियो । बाल क्लबले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ की छात्रा निर्मला कार्की प्रथम, कक्षा १२ का विज्ञान शिवाकोटी द्धितिय
र कक्षा ११ कै सविन विक तृतिय भए । त्यस्तै आजै सम्पन्न खुल्ला कविता प्रतियोगितामा सुजन बिष्ट प्रथम हुदा सिता ढकाल द्धितिय भइन् । बिष्टले हिजो मात्रै सम्पन्न सरस्वती माध्यमिक विद्यालय, इटहराको स्वर्ण जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरेका थिए ।

महेन्द्र माध्यमिक विद्यालयका बाल क्लब अध्यक्ष समिर धामीथारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चिरञ्जिवी निरौला प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रम प्रशान्त ढकालले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर