पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको छैटौं नगरसभा फागुन १६ गतेदेखि हुने भएको छ ।
फागुन १० गते हुने यसअघि निर्णय भएपनि आज बसेको कार्यपालिका बैठकले आन्तरिक तयारी केही वाँकी रहेको जनाउँदै फागुन १६ गतेदेखि नगरसभाको कार्यक्रम राख्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । नगरसभा उद्घाटन्शत्र र वन्दशत्रका रुपमा सञ्चालन गरिने समेत उहाँले वताउनु भयो ।
केही दिन अघि नगरका जनप्रतिनिधिहरुका सन्दर्भमा मान मर्दन हुने प्रकारबाट केही सञ्चार माध्यममा आएको समाचार प्रति बैठकको ध्यानाकर्षण समेत भएको प्रवक्ता गुरागाईंले उल्लेख गर्नुभयो । साथै उहाँले यस विषयमा थप छलफल हुने समेत बताउनु भयो ।
बैठक, नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।