माग सुनुवाइ नभए भाेक हड्तालमा उत्रन्छाै : रेल्वे संघर्ष समिति

माग सुनुवाइ नभए भाेक हड्तालमा उत्रन्छाै : रेल्वे संघर्ष समिति

प्रबेश बिष्ट, बराहक्षेत्र ।

वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टीकाे रेल्वे संघर्ष समितिले अाफ्ना माग समयमानै स्थानीय सरकारले सुनुवाइ नगरे भाेक हड्तालमा उत्रने चेतावनी दिएको छ । बुधबार चक्रघट्टि स्थित मुनाल चाैकमा भएको पत्रकार सम्वेलन कार्यक्रममा वाेल्दै समितिका अध्यक्ष माधव वरालले साे कुरा बताएका हुन् ।

मुनाल चाैक देखि बसपार्क सम्म निर्माण भैरहेकाे ढलनाला सडकवाट २-३ फिट पुर्व तर्फ मिचेर वनाएकाे, जग्गा नापजाँच गर्दा डिमर्केशन बाट नापी गर्नुपर्नेमा जथाभावी नापजाँच गरिएको, रेल्वे वासिन्दाले वराहक्षेत्र नगरपालिकाकाे न्यायिक समितिमा निवेदन दिएपनि त्यसमाथि सुनुवाइनै नगरी हतारपुर्वक ढलनाला निर्माण गरिएको, स्थानीय सरकार अफैले न्यायिक समितिकाे अस्तित्व समाप्त पार्ने काम भएकोमा संघर्ष समितिकाे गम्भीर ध्यानाकर्षण भएको रेल्वे संघर्ष समितिका सचिव ईन्द्र भुजेलले वताए । समितिले ढलनाला निर्माण चार अानाकाे मुर्गि बार्हानाकाे मसला भएको समेत वताएकाे छ ।

२० लाखकाे कुल बजेटमा निर्माण भएको साे ढलनालामा ६ वटा विद्दुत पाेल परेको र साे पाेल नालिवाट स्थानान्तरण गर्दा प्रतिपाेल रु २ लाखकन दरले १२ लाख खर्च हुने समितिले वताएकाे छ । संघर्ष समितिले एकतर्फी समिति निर्माण गरि ढलनाला वनाएकाे समेत वतायाे । ढल निर्माणकाे क्रममा सडककाे पुर्व तर्फ रेल्वेमा वसाेवास गर्ने स्थानीयकाे विरोध रहदा रहदै सडक पश्चिम तर्फका स्थानीयलाई मात्र ढलनाला समितिमा राखेर निर्माण कार्य गरेकोमा समितिले विमति जनाएको छ । समितिले याे ढल निर्माणकाे शैलिलाई नजिर वनाएर भाेलि नगर भरिनै गलत ढंगबाट विकासका गतिविधि हुने हुदा यसलाई नजिरकाे रुपमा विकसित हुन नदिनु पर्ने धारण समेत सार्वजनिक गरेको छ ।गाउँ बिकास समितिमा दलिय राजनीतिक संयन्त्र हुदा सडकको चाैडाई निर्धारण गरिएको थियो । साेहि क्षेत्रमा शिबालय देखि मुनाल चाैक सम्म ढलनाला निर्माण गरियो । तर मुनाल चाैक देखि बसपार्क सम्म भने नालालाई २-४ फिट पुर्व तर्फ सासेर निर्माण गरिनु मिचाहा प्रवृत्ति रहेको समितिका अध्यक्ष बरालले वताए । यता बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले ” नगरपालिकाको प्राविधिकले नापजाँच गरेर सिमाङ्कन गरेकोले हुँदा निर्माण प्रती चित्त नबुझे अदालत जान सक्ने कुरा बताएका छन् ।

सम्बन्धित खवर