प्रदेश २ सरकारले प्रजातन्त्र दिवस मनायो

प्रदेश २ सरकारले प्रजातन्त्र दिवस मनायो

जनकपुर : प्रदेश २ सरकारले पनि प्रजातन्त्र दिवस मनाएको छ । मधेस भवनमा एक समारोहको आयोजना गरी ७० औं प्रजातन्त्र दिवस प्रदेश सरकारले मनाएको हो ।

समारोहमा प्रदेश प्रमुख तिलक परियारले प्रमुख अतिथि रहेका थिए ।  प्रमुख परियार, मुख्यमंत्री लालबाबु राउत र मन्त्रीहरु सहितकाे टाेलिले मधेस भवनमै बृक्षारोपन गरेका छन् ।

मुख्यमन्त्री राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको समेत बताए । उनले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदानी दिएका सयौं विर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको विर योद्धाहरुप्रति सम्मान समेत प्रकट गरे ।

मुख्यमंत्री राउतले विभिन्न आन्दोलनको क्रममा लगाईका झुठा मुद्दाका कारण जेल जिवन यापन गरिरहेका योद्धाहरुको मुद्दा फिर्ता लिन संघीय सरकारसंग आग्रह समेत गरेका थिए।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, जनकपुरधाम उपमहानगरका उपप्रमुख रिता मिश्रसहितको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर