रबिन्द्र बराल, रंंगेली
बुधबार देखि रंगेली अस्पतालको ओपिडी, एमर्जेन्सि तथा अन्य सेवा समेत सुचारु भएको छ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण रहेको थियो ।
रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि सुरु भएको आन्दोलनले उग्ररुप लिएको थियो । मंगलबार अवेर सम्मको छलफल पछि छानविन समिति गठन गरिएको छ । कोशी अञ्चल अस्पतालका डाक्टर अन्जु देवको संयोजक्तवमा डाक्टर जिवननाथ धिताल, डाक्टर मधुमिताल राभव, वडा अध्यक्ष केदार चन्द राजवंशी पिडित पक्षबाट रंजित सरदार, भुमिसुधार सरदार, लक्ष्मी कामत छानविन समिति रहेका छन् । यो समितिले साता दिन भित्र प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।
रविनालाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे सामान्य प्रसूति मार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन् । चिकित्सकको लापरवाहीले आमा र शिशुकै मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन थालेपछि अवस्था तनावग्रस्त बनेको हो । उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका थिए । मंगलबार राति १० बजे मृत महिलाको पोष्टमार्टमका लागि बिराटनगर स्थित कोशि अञ्चल अस्पतालमा लगिएको छ ।