लिभरपुललाई धक्का

लिभरपुललाई धक्का

इएफए च्याम्पियन्स लिगका अन्तिम १६ का खेलहरु शुरु भएका छन् ।

अन्तिम १६ का पहिलो लिगको खेलमा प्रिमियर लिग क्लब लिभरपुल स्पेनिस क्लब एटलेटिको म्याड्रिडसँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिकोले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिकोको जितमा खेलको चौथो मिनेटमा साउल निगुएजले गोल गर्दै एटलेटिकोलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलमा त्यसपछि कुनै गोल भएन र साउलको गोल नै खेलको निर्णायक गोल बन्न पुगेको थियो ।

एटलेटिकोको घरेलु मैदान पहिलो लिगको सम्पन्न भएपछि अब लिगको दोस्रो लिग लिभरपुलको घरेलु मैदानमा मार्च ११ मा हुने छ ।

एटलेटिकोले यस अघि २००९/१० सिजनमा लिभरपुललाई युरोपा लिगबाट बाहिर पठाएको थियो भने अहिले च्याम्पियन्स लिगमा पनि सोहि इतिहास दोहोरिने बाटोमा रहेको छ ।

 

 

सम्बन्धित खवर