लागु-औषध सहित उदयपुरमा तिनजना पक्राउ

लागु-औषध सहित उदयपुरमा तिनजना पक्राउ

उदयपुरको बेलका नगरपालिका ९ रामपुरमा लागुऔषध बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेका छन ।

लागुऔषध बेचबिखनको सुचनाको आधारमा ईलाका प्रहरी कायर्मलय रामपुरको टोलिले आकाश तिम्सिनाको घरमा खानतलासी गर्दा लागुऔषध सहित सोहि नगरपालिका १ का विकास बस्नेत, धरान नगरपालिका १३ का प्रणय निरौला र घरमालिक आकाश तिम्सिनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए ।

उनीहरुको साथबाट डाईजोल्याप ३ एम्पुल, लेगेसिक ४, एम्पुल फेनारगन,४ डाईलेक्स डिसि १०० एम्ल (दुई बोतल) नेट्राभेट ११ ट्यावलेट, ‍‍spasmoproxyvon-plus-59 ट्यावलेट, गाँजा ३००ग्राम, रू. (पन्ध्रहजार पाँच रुपैया) एक थान मिनि ल्याप्टव बा १९ च ८४७४ न.ं को कार सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

घर खान्तलासी गर्ने क्रममा तीनैलाई पक्राउ गरीएको हो । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर