प्रचार- प्रसारको कमिले परेवा झरना ओझेलमा

प्रचार- प्रसारको कमिले परेवा झरना ओझेलमा

उदयपुरको उदयपुरगढी गाउँपालिका २ बर्रे स्थित परेवा झरना प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ ।

उदयपुरगढी गाउपालीका वडा नं.३ मा रहेको जरूवा वजारबाट करीव ३ घण्टाको पैदल यात्रा पछि साईपा हुदै पुगिने र विभिन्न जातजाती सँग सम्वन्धीत स्थानीय जनजिवन बुझ्दै, स्थानीय भाषा संस्कृतिको अवलोकन गर्दै जान सकिने र यो झरनामा पुग्दा वेग्लै आनन्दको अनुभुति हुने गरेको स्थानीय होम बहादुर बस्नेतले जानकारी दिए ।

प्रचारप्रसार र सडककाे अभाव 
गाउँपालिकाको कार्यालय बाट करिब १७ किलोमिटर टाढा पर्ने यो झरना निकै आकर्षक, मनमोहक, र घुम्मन आाउँने पर्यटकको मननै लोभ्याउने गरेको स्थानीय जिवन बहादुर मगरले बताए । झरना निकै आकर्षित र ठुलो भएता पनि प्रचार–प्रसार र मुख्य गरि सडक पुर्याउन नसक्दा परेवा झरना सम्म पर्यटक पु्ग्न नसकेको उदयपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज कार्कीले बताए । वडाध्यक्ष कार्कीका अनुसार, ‘परेवामा झरना सम्म पुग्ने सडक अबको ६ महिना भित्र पुर्याउने थाहा खबर लाई जानकारी दिए ।’

उक्त झरनाको उचाई १२० फिट अग्लो समेत रहेको वडध्यक्ष कार्कीले बताए। झरनामा पुग्ने सामान्य कोदाले बाट तत्काललै खन्ने काम गरिने र झरनालाई प्रचार–प्रसार गरेका लागि गाउँपालिकामा समेत माग राखेको साथै परेवा झरनालाई राम्रो प्रवर्धन गर्न सके भ्रमण बर्ष २०२० लाई समेत थप टेवा पुर्याउने वडध्यक्ष कार्कीले बताए।

परेवा बस्ने भएकाले भरनाको नामनै ‘परेवा झरना’
उक्त झरनाको नाम परेवा राख्नुको कारण बारे स्थानीय ७० बर्षिय बृद्ध दल बहादुर मगर यस्तो भन्छन, “झरना नजिकै एउटा गाउँ थियो, त्यो गाउँलाई ठुलो पहिरोले बगाई दियो, र गाउँका परेवा सबै झरनाको वरिपरी ढुङ्गाको चेप्मा गएर बसेकाले झरनाको नामनै परेवा झरना रहेको बताए।” अहिले पनि उक्त झरनामा प्रशंस्तै परेवाहरु रहेको पाईन्छ।

झरना निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने स्थानीय अगुवाहरुको भनाइ छ। उदयपुरगढी गाउपालिका वडा न ६ नेपालटारका व्यवसायी बोधकुमार घिमिरेले भन्ने सरकारले सारेको भ्रमण बर्ष २०२० लाई सफल पार्न र पर्यटकीय क्षेत्रको विकासको लागि परेवा झरना एक कोशेढुँगा सावित हुँने बताए।

गाउँपालिकाले पर्यटक बढाउँने र आवश्यक प्रचार–प्रसार गर्ने
गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरले झरना सम्म पर्यटकको चहलपहल बढाउँन र आवश्यक प्रचार–प्रसार थालिने बताए। झरनाको पूर्वाधार निर्माणको लागि कुरा भैरहेको समेत उनले बताए ।

पर्यटनको सयौ गन्तव्य मध्य उदयपुरगढी एक गन्तव्य पर्न सफल भएकोले पर्यटन बर्ष २०२० लाई सफल बनाउन परेवा झरना सम्म पर्यटकहरु गाउँपालिकाले पुर्याउने वातावरण बनाउँने अध्यक्ष मगरले बताए ।

जिल्लाको उदयपुरगढी गाउँपालिका पर्ने यो झरना अहिले पर्यटकहरुको तव्रि प्रतिक्षामा रहेको र सञ्चार माध्यम बाट प्रचारप्रसार गर्दिन सबैलाई आग्रह गरेको स्थानीय समाजसेवी देव गिरीले बताए ।

         

सम्बन्धित खवर