टिप्परको ठक्करबाट एकको मृत्यु

टिप्परको ठक्करबाट एकको मृत्यु

फागुन ६, काठमाडौं – टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रविण श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नै ज्यान गएको हो ।

ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुई हप्ताअघि मात्रै कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको ज्यान गएको थियो ।

माघ महिनामै तनहुँ, सुर्खेत, कञ्चनपुर र नवलपरासीमा पनि टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक र पैदलयात्रुको ज्यान गएको थियो ।

सम्बन्धित खवर