प्रबेश बिष्ट, रतुवामाई ।
सरस्वती माध्यमिक विद्यालयले विद्यालय स्थापनाको ५० आँै वर्ष गाँठका अवसरमा विविध खेलकुद एवं सिर्जनात्मक प्रतियोगिता सम्पन्न गरेको छ । गत फागुन २, गते औपचारिक रुपमा समुद्घाटन गरिएको कार्यक्रममा प्रभात फेरीबाट शुभारम्भ समारोह सुरु गरिएको थियो । । विद्यालयबाट सुरु भएको प्रभात फेरी इटहरा बजार परिक्रमा गरी विद्यालय प्रबेश गरेपछि स्वर्ण जयन्ती सुभारम्भ समारोह सुरु भएको थियो ।
फागुन ३ देखि ५ गतेसम्म नगरस्तरिय अन्तर विद्यालय खेलकुद तथा सिर्जनात्मक प्रतियोगिताहरु संचालन गरिएको थियो । विद्यालयले छात्र र छात्राहरु दुबैलाई छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा विजेत बनेका खेलाडीहरुलाई विद्यालयले आज समापन समारोहकाबीच पुरस्कृत गर्ने भएको छ । स्वर्ण जयन्ती समारोहमा नगरस्तरिय एथ्लेटिक्सका खेलहरु र भलिबल खेलाइएको थियो । स्वर्ण जयन्ती समारोहमा खुल्ला कविता र वक्तृत्वकला पनि आयोजना गरिएको थियो ।
आज हुने समापन समारोहमा १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले ५० आँै वर्ष गाँठको स्मारकका रुपमा निमार्ण गरिएको स्वर्ण जयन्ती प्रवेश द्वारको समुद्घाटन गर्नु हुने कार्यक्रमा सदाबाहार गायक रामकृष्ण ढकालको विशेष प्रस्तुति समेत रहने छ । समापन समारोहमा स्वर्ण जयन्ती स्मारिका लोकार्पण र सिभिल इन्जिनियरिङ कार्यक्रमको घोषणा गरिदैँ छ ।