चिनारीको १० औँ वार्षिक उत्सवमा विविध कार्यक्रम

चिनारीको १० औँ वार्षिक उत्सवमा विविध कार्यक्रम

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका २ देविगञ्जस्थित चिनारी अङग्रेजी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । सो अवसरमा स्कुलले सांस्कृतिक कार्यक्रम गर्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।

कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य, प्रहसन प्रदर्शन, कविता वाचन गरेर अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए । स्कुलका संचालक सोमनाथ नेपालको सभापतित्वामा भएको कार्यक्रममा एनप्याब्सन प्रदेश १ का अध्यक्ष जयबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

यस्तै विशिष्ट अतिथिमा वडा नं २ का वडाध्यक्ष यामप्रसाद गुरागाइ रहेका थिए । विद्यालयकी शिक्षिका कमला तिम्सिनाले स्वागत मन्तब्य राखेकी थिइन् । अभिभावक दिवसको अवसरमा फुटबल, टेबल टेनिस, विभिन्न दौड, म्युजिकल चेयर्स लगायतको खेलकुदको आयोजना गरिएको थियो ।

कार्यक्रममा खेलकुदको विजेता, उपविजेता, कक्षा उतिर्ण हुदाको उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले हरेक वर्ष यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै लोकप्रियता हासिल गरिरहेको छ । ग्रामिण भेगमा रहेको चिनारीले गुणस्तरीय शिक्षालाई जोड दिदै आएको छ ।

सम्बन्धित खवर