नगर प्याव्सनको फुट्बल समापन, जित न्यू प्यागोडाको पोल्टामा

नगर प्याव्सनको फुट्बल समापन, जित न्यू प्यागोडाको पोल्टामा

पथरी, संस्थागत विद्यालयहरुको छाता संघठन प्याव्सन पथरी शनिश्चरे नगर कमिटिको आयोजनामा भएको फुटबल खेलमा न्यू प्यागोडाले उपाधी हात पारेको छ । रेडस्टार आवासीय माविसंग भएको खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि खेल बराबरीमा पुगेपछि सडनडेथबाट न्यू प्यागोडाले जित निकालेको हो ।

प्रतियोगिताको म्यान अफ द सिरिज प्योगोडाको प्रविण ढकाल घोषित भए । खेलमा सबैभन्दा बढी गोल गर्ने अन्नपूर्णका गणेश बुढाथोकी पुरस्कृत भए ।

प्रतियोगितामा वाल्मीकी बोर्डिङ स्कुल र अन्नपूर्णवीच भएको खेलमा वामिल्मकी विजय हुँदै तेस्रो र अन्नपूर्ण चौथो भएका थिए । विजेता चौथो स्थान प्राप्त गर्ने स्कुललाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चार दिनसम्म भएको खेलमा नगरको २० वटा टिम सहभागि भएको प्यब्सन खेल संयोजक खगेन पुलामी मगरले बताए । खेलमा कक्षा ८ सम्मको विद्यार्थी सहभागि गराइएको थियो । प्याब्सनको नगर अध्यक्ष उपेन्द्र कडेलको सभापतित्वमा भएको समापन कार्यक्रममा नगरपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम लिम्बू, प्यब्सन प्रदेश समिति सदस्य नोवलकिशोर खनाल, जिल्ला सदस्य टिका दंगाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर