सशस्त्र प्रहरी द्वारा भारतीय मारुति कार सहित अबैध मदिरा सोफि बरामद

सशस्त्र प्रहरी द्वारा भारतीय मारुति कार सहित अबैध मदिरा सोफि बरामद

 

राजेन्द्र महतो लहान फाल्गुन ५ गते। सिरहाको दक्षिणवर्ती सिमाना नाका औरही गाउँ पालिका -१दशगजा बोर्डर ईलाका स्थित नेपाल बाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको भारतीय मारुति कार सहित २५ कार्टुन सोफी मदिरा सशस्त्र प्रहरी बल नेपाल ले बरामद गरेको छ। सोमबार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वरीयारपट्टी सिरहा बाट खटिएको गस्ती टोलीले औरही गाउँपालिका -१दशगजा बोर्डर ईलाका स्थित चेक जाच गर्ने क्रममा नेपाल बाट भारत तर्फ BR-14-D-0005 नं. को भारतीय नम्बर प्लेटको मारुति कारमा लोड गरी अबैध रुपमा लैजादै गरेको २५ कार्टुन मदिरा (सोफि) सहित भारती य मारुती कार सशस्त्र प्रहरी ले बरामद गरेको हो। बरामद गरेको अबैध मदिरा र मारुती कारआबशयक कारबाहीको लागि सिरहा भन्सार कार्यालय खैरटोका , माडर सिरहा मा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका एसपी प्रवीण कडेँलले बताएका छ्न। भारतको बिहार राज्यमा मदिरा बिक्री–वितरणमा रोक लगाइएपछि सीमापारिबाट नेपाल पसेर मदिरा खाने र तस्करी गर्नेहरूको संख्या अत्यधिक बढेको छ ।

सम्बन्धित खवर