प्रदेश स्थापना दिवस मनाउदै उन्नत बृक्षारोपण

प्रदेश स्थापना दिवस मनाउदै उन्नत बृक्षारोपण

रुपन्देहीको लुम्बिनिमा प्रदेश स्थापना दिवस मनाउदै उन्नत जातका फलफुलको बृक्षारोपण गरिएको छ । लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका साथ लुम्बिनीमा उन्नत जातको फलफुलको बिरुवाको वृक्षारोपण
गरि दिवस मनाईएको हो ।

भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर ५, उद्योग पर्यटन वन तथा वातारण मन्त्रालय प्रदेश नम्वर ५, डिभिजन वन कार्यालय रुपन्देही, लुम्बिनी विकास कोष र नेपाली सेनाको आयोजनामा कागति र अम्बाका एक सय वटा बिरुवा रोपेर दिवस मनाएको हो ।

स्थानीय जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रदेश नम्वर ५ उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयका सचिव डाक्टर राधा वाग्लेको सभापतित्व एवं ५ नम्वर प्रदेश सभा सदस्य फकुरुद्यिन खानको प्रमुख आतिथ्यतामा कार्यक्रममा गरिएको डिभिजन वन कार्यालय रुपन्देहिका डिभिजनल वन अधिकृत बोधराज सुवेदीले बताए ।

सम्बन्धित खवर