ब्राउन सुगरसहित दुइ युवक पक्राउ

ब्राउन सुगरसहित दुइ युवक पक्राउ

राजेन्द्र महतो
लहान फाल्गुन ५ गते।सिरहाको गोलबजार नगरपालिका( ७ चौहर्वा बाट प्रहरीले ब्राउन सुगरसहित दुइ युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–७ का २४ वर्षिय कृष्णा यादव र वडा नम्बर ४ २२ वर्षिय प्रवेश महतो रहेका छन्।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले आइतबार आफ्नै घरमा लुकाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर तीन ग्राम ९ सानो पोका ३० थान० मोबाइल ७ थान र नगद रु १५ हजार ९ सय ७५ रुपैयाँ सहित २ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पक्राउ परेका यादव र महतो ब्राउन सुगरका कारोबारी भएको एसपी चतुवेदीले बताउनुभयो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर