जन्मिने बितिकै आमाको मृत्यु भएपछि बालकको बिचल्ली

जन्मिने बितिकै आमाको मृत्यु भएपछि बालकको बिचल्ली

रबिन्द्र बराल, रंगेली

नवजात शिशुलाई जन्म दिएको केही घन्टा पछि आमाको मृत्यु भए पछि दुई महिने दुघे बालको बिचल्ली भएको छ । मोरङको सुनवर्षी नगरपालिका ६ स्थित गधाधर माध्यमिक बिधालय देखि उत्तरमा रहेको केरन्जा नजिकै मुसहर टोलमा बसोबास गर्दे आएकी ७० बर्षकी निसि देवि ऋिषिदेवलाई अहिले दुई महिने नातिनि स्याह गर्न हम्मे परेको छ । नातिनि रेनुकालाई पालनपोषण गर्ने निसिलाई आर्थिक संकट खट्कीएको छ ।

मंसिर २८ गते २५ बर्ष कि बुहारी करिसमा ऋिषिदेवलाई बेथाले च्यापे पछि उनका श्रीमान अनन्तलाल ऋिषिदेव र आफन्तले नलाई बिराटनगर स्थित नोवेल अस्पतालमा प्रसुति गराउन पुर्याएका थिए । अस्पतालले करिसमालाई सल्यक्रिया बाट २९ गते नवजात शिशुलाई जन्म दिएको केही घन्टा पछि आमाको मृत्यु भएको परिवारले बताए । हामी गरिवको बोलिदिने कोहि नभए पछि लास बोकेर घर फर्कनु बाहेक केही रहेन । शिशुको स्वास्थ्य अवस्था नराम्रो भएको भन्दै अस्पतालले अन्यत्र बच्चालाई रिफर गरेको र आमालाई सोहि अस्पतालमा आइसियुमा राखेर उपचार गरेको निसि देविले बताईन् ।

पैसाको अभावका कारण उनले आफुले गलामा लगाएको चाँदिको सिक्रि समेत बिक्री गरेर बुहारीको उपचार गराएको दुखेसो पोखिन तर बुहारीलाई भने बचाउन नसकीएको निसि देविले बताईन् । श्रीमतीको मृत्युु भए पछि उपचारकामा लागेको डेर लाख रुपैयाँ ऋिण तिर्नका लागि बुबा अनन्तलाल समेत दुई महिना देखि भारतको केरलामा काम गर्न गएपछि घरमा रहेका वृद्ध बाबुआमाले अहिले नवजात शिशुको स्यहार सुसार गरिरहेका छन् ।

घरको आर्थिक अभाव समेत दयनीय भए पछि नवजात शिशुलाई दैनिकी दुघ खुवाउन समेत धेरै समस्या परेको हजुरआमा निसि देविले बताईन् । बस्नका लागि आफ्नो न त जग्गा नै छ न त घर नै छ । वृद्धवृद्धा अहिले भान्जा कलशदेव ऋिषिदेवको १० घुर जग्गामा सानो घर बनाएर बसिरहेका छन् । घरमा एक दाना चामल समेत छैन, काम गर्न जाँउभने शरिरमा शक्ति छैन, उनीहरु भान्जा कै घरमा बसिरहेका छन् । शिशुलाई हुर्काउन केही स्थानीयसंग सहयोग मागेर पालनपोषण गरिरहेको स्थानीय बैजनाथ झाले बताए ।

सम्बन्धित खवर