गोरखापत्र कर्मी पत्रकार भण्डारी सम्मानित

गोरखापत्र कर्मी पत्रकार भण्डारी सम्मानित

रबिन्द्र बराल, रंगेली

अमेरिकन रेडक्रस तथा युएसआईडिको साझेदारिमा नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाबाट सञ्चालित तयारी परियोजनाको आन्तरिक समिक्षा सहित अनुगमन तथा मुल्यांकन सम्पन्न भएको छ ।

आईतबार सम्पन्न परियोजनाको आन्तरिक समिक्षाको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले पत्रकार कोकिला भण्डारीलाई कदर पत्रका साथ सम्मान गरेको छ । भण्डारीले जिल्लामा रहेर नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाको हरेक गतिविधिहरुमा आफै सरिक भई ईमान्दार, कर्तब्यनिष्ट र लगनसिलताका साथ रेडक्रसका गतिविधिहरु गोरखापत्र कागजी संचार र विधुतिय माध्यम मार्फत निरन्तर रुपमा प्रशारण तथा प्रकासन गरि रेडक्रस अभियानलाई सबैसामु पुर्याउनु भएको स्मरण गर्दै उहाँको सकारात्मक र लोभ लाग्दो भुमिकाको उच्च सम्मान गर्दै नगद सहित कदर पत्रका साथ सम्मान गरेको हो ।

भण्डारीलाई गत माघ १७ गते सम्पन्न नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको ३८ औं अधिबेसनमा सम्मानित गर्ने भनि घोषणा गरिएको भएता पनि पत्रकार भण्डारीको कामको व्यावस्थाताका कारण आइतबार उहाँलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्वर एकका प्रदेश अध्यक्ष नरेन्द्र पोख्रेलले कदर पत्रका साथमा सम्मान गर्नुभएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति हरि राईले जानकारि दिनु भयो ।

सोहि अवसर पारेर अनुगमन टोलिमा आउनु भएका अमेरिकन रेडक्रस क्षेत्रिय कार्यालय बैङ्गकका अनुगमन तथा मुल्यांकन अधिकृत शशीकार्ण पानकेत (कम्पु), क्षेत्रिय विपद जोखिम न्युनिकरणका सल्लाहकार पोनन्येत ख्याङ्ग, अमेरिकन रेडक्रस नेपालका श्रृष्टि ताम्राकार, नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालय तयारी कार्यक्रमका वरिष्ट कार्यक्रम अधिकृत आर्या रेग्मी, तयारी कार्यक्रमका कार्यक्रम अधिकृत अनुपा कोईराला, नेरेसो जिल्ला शाखाका मन्त्रि छत्र कुमार श्रेष्ठलगायतले भण्डारीलाई आगामि कार्यकालको सफलताको सुभकामना समेत दिनु भएको थियो ।

सम्बन्धित खवर