रोनाल्डो बिनाको खेलमा युभेन्टसको सहज जित

रोनाल्डो बिनाको खेलमा युभेन्टसको सहज जित

सिरी ए फुटबल लिग खेल आज युभेन्ट्सले २४ औ चरणको खेल ब्रेसिया विरुद्ध २-० को जित दर्ता गर्दै लाजियो विरुद्ध इन्टर मिलानको खेल अगाबै शिर्ष स्थानमा उक्लिएको छ । समान अंक तर गोल अन्तरले अगाडी रहेको इन्टरलाइ युभेन्ट्सले मिलानको एक खेल अगाबै शिर्ष स्थान ओगटेको हो । ब्रेसिया विरुद्ध क्रिस्टियानो रोनाल्डो विना उत्रिएको युभेन्ट्सले सहज जित हासिल गरेको हो ।

१० खेलाडीमा सिमित ब्रेसियामा ३७ औ मिनेटमा फ्लोरियनले रातो कार्ड पाएका थिए । उक्त पश्चात ३८ औ मिनेटमा युभेन्ट्सले डिबलाको गोलमा अग्रता लियो । दोस्रो हाफमा युभेन्ट्सका कुड्राडोले ७५ औ मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए ।

युभेन्ट्सले क्लिन सिट लिदै उक्त जितसंगै ५७ अंक बटुलेको छ ।

सम्बन्धित खवर