क्रसर धन्दा बढ्दा बीपी राजमार्ग असुरक्षित

क्रसर धन्दा बढ्दा बीपी राजमार्ग असुरक्षित

काभ्रे, ५ फागुन – क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । मापदण्ड विपरीत सञ्चालित त्यस क्षेत्रका क्रसर उद्योगका कारण सडक असुरक्षित बन्दै गएको हो । बनेपा–नेपालथोक–सिन्धुली–बर्दिबास जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी राजमार्गमा क्रसरका कारण हिउँदमा सुक्खा प’हिरो तथा वर्षायाममा धुलो सडकमा आउँदा सडक अवरुद्ध हुने गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका क्षेत्रमा बढी क्रसरका कारण जोखिम बढेको स्थानीयको भनाइ छ । सडकभन्दा माथि सञ्चालित उद्योगले सडकमा बढी जो’खिम भएको उनीहरूले बताए । यसै क्रममा रोशी गाउँपालिका–८, डिप्सामा रहेको नाङ्साल क्रसर उद्योगले बीपी राजमार्गभन्दा माथि ढुङ्गा निकाल्दा प’हिरो आएपछि अर्को वैकल्पिक मार्ग रोशी खोलाको किनाराबाट सञ्चालनमा ल्याएको छ । माघ ११ देखि सडकलाई डाइभर्सन गरिएको छ । माथिबाट ढुङ्गा खस्न थालेपछि उक्त डाइभर्सन बनाइएको हो । माघ २६ गते राति पनि सुक्खा प’हिरो झरेको स्थानीयले बताए ।गोरखापत्रमा खवर छ ।

करिब दुई सय मिटर सडक रोशी खोलाको किनाराबाट क्रसर सञ्चालकले निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । रोशी गाउँपालिका, इलाका प्रहरी कार्यालय मङ्गलटार र नाङसाल क्रसर उद्योगबीच सडक अ’वरुद्ध नहोस् भन्नका लागि वैकल्पिक मार्ग खनिएको उद्योगका सञ्चालक वाङचु लामाले जानकारी दिनुभयो ।

उहाँले क्रसरका कारण सुक्खा प’हिरो नगएको दाबी गर्नुभयो । हाम्रो उद्योगका कारण पहिरो गएको होइन तर पनि राजमार्ग नै बन्द हुने भयो भनेपछि हामीले करिब दुई सय मिटरजति वैकल्पिक मार्ग बनाइदिएको मात्र दाबी उहाँले गर्नुभयो । तर स्थानीयवासी भने क्रसरमा सञ्चालन भएका मेसिनका कारण पहाड थर्कंदा पहिरो गएर राजमार्ग अवरुद्ध भएको बताउँछन् । उक्त उद्योग सञ्चालक संविधान सभा सदस्य तीर्थ लामा, ग्रान्डी अस्पतालका सञ्चालक दीपक कुँवर, नानीबाबु लामा, सुजन लामा, भीम लामा, वाङचु लामा, सेराप लामालगायतको लगानी रहेको छ । कुँवरको ६३ प्रतिशत रहेको उक्त उद्योगमा तीर्थ लामाको २२ प्रतिशत र अन्यको पाँच प्रतिशतभन्दा कम सेयर रहेको छ ।

नमोबुद्ध नगरपालिकामा रहेको मनकामना र रोशी गाउँपालिकामा रहेको पशुपति उद्योगका कारण सडक जोखिममा परेको छ । उक्त उद्योगका कारण ढुङ्गा झर्ने तथा डस्टका कारण सडक अवरुद्ध हुने गरेको छ । सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका प्रमुख सूर्य भाटले राजमार्ग नै अवरुद्ध गरी सडक डा’इभर्सन गर्नु गम्भीर अपराध भएकाले स्पष्टीकरण सोधिएको बताउनुभयो

सम्बन्धित खवर