बाबा ताल, पर्यटकिय क्षेत्रका रुपमा विकसित हुदै

बाबा ताल, पर्यटकिय क्षेत्रका रुपमा विकसित हुदै

राजेन्द्र महतो

लहान फाल्गुन ५ ।पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिराहाको कर्जन्हा नगरपालिका (२ बन्दीपुरबाट करिब २किलोमिटर उत्तरतर्फ स्थित बाबा ताल पर्यटकीय स्थलको रूपमा रहेको पाइन्छ ।
सुन्दर र शान्त देखिने बाबा तालमा हरियो जङ्गलको मनोरम दृश्य देखिने र ताल किनारमै मोक्षश्वर महादेव मन्दिर समेत रहेका कारण यँहा दिनभरी आन्तरिक तथा बाहुय पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
यो तालमा पर्यटकहरू दिनभरी रमाउँदै तालमा डुङ्गा खेलिरहेका हुन्छन् ।
आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको वन संरक्षण समिति बन्दीपुरका अध्यक्ष अंजनी कुमार दाहालले बताउनुभयो ।
उहाँले अहिले ताल निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका बताउनुभयो ।
सामुदायिक वनको मुहारमा रहेको बाबा तालमा हाल ५ तले भ्यु टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।आन्तरिक पर्यटक मात्र नभएर भारतीय पर्यटक पनि यो तलमा रमाउनका लागि आउने गरेको पाइन्छ । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण बाबा तालमा रमाउन पुग्ने गरेका छन् ।
बााबा तालमा पिकनिक मनाउन तथा घुम्न आउनेहरुको संख्यामा वृद्धि हुँदै गएको स्थानीयवासीहरु बताउँछन् । विशेषगरी अङ्ग्रेजी नयाँ वर्ष तथा जाडो याममा पिकनिक मनाउन तथा घुम्न आउनेहरुका कारण बाबा ताल पर्यटक, कर्मचारी, विद्यार्थी,युवायुवतीले भरिएको हुन्छ । हिजोआज दैनिक २० देखि २५ जना समूहमा यहाँ वनभोज मनाउन आउने गर्दछन् ।
यस क्षेत्रमा शैक्षिक अध्यन, अवलोकन भम्रण गर्न शुक्रबार, शनिबार र बिदाका दिन कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती रमाउन र मनोरञ्जनका लागि आउने गरेको वन संरक्षण समिति बन्दीपुर,सिरहाका संस्थापक अध्यक्ष भोल पोखरेलले बताउनु भयो ।
पोखरेलको अनुसार बाबा तालमा पिकनिक वा वनभोजका लागि सुविधा सम्पन्न सेडहरु निर्माण गरिएको छ । त्यस्तै खानेपानी, शौचालयका साथै पर्यटकहरुलाई तालमा डुङ्गाको ९बोटिङ० व्यवस्थासमेत गरिएको छ ।तालमा डुङ्गाको ९बोटिङ० गर्नको लागि प्रति व्यक्ति २५ रुपैया शुल्क राखिएको छ ।

सम्बन्धित खवर